गृहस्थ आश्रमको आदर्श

डा.गणेशप्रसाद घिमिरे   POSTED ON : भदौ १९, २०७८ (११:१५ AM)

गृहस्थ आश्रमको आदर्श

व्यक्तिहरूको समूूह परिवार हो । परिवार व्यवस्थित र गतिशील हुुुनुु अनिवार्य मानिएको छ । हामी आर्यसमाज, सनातन परम्परा र संस्कारमा हुुर्केका मानिस हौं । त्यसैले हाम्रो समाजको सामाजिक व्यवस्था सगोल पारिवारिक अवस्थामा छ । शास्त्रले धार्मिक मान्यताका आधारमा आश्रमलाई चार भागमा विभाजन गरेका छन् । ती चार आश्रममा दोस्रो आश्रमका रूपमा गृहस्थ आश्रम मानिएको छ । गृहस्थ आश्रममा जीवनलाई सबैभन्दा महत्त्वका साथ शास्त्रमा वर्णन गरिएको छ । शास्त्रको वर्णनलाई आधार मानेर हेर्ने हो भने चार आश्रम देखिन्छन् । पहिलो ब्रहृमचर्याश्रम अध्ययनको समय । 

दोस्रो गृहस्थाश्रम धन कमाउने, परिवारको संरक्षण र सम्बर्धन गर्ने समय । तेस्रो वानप्रस्थ आश्रम गृहस्थका सबै जिम्मेवारी पूूर्ण गरेर वानप्रस्थी बन्ने अवस्थालाई मानिएको छ । चौथो आश्रमका रूपमा सन्यास आश्रमको व्यवस्था गरिएको छ । योव्यवस्था हाम्रा शास्त्रको हो । यो व्यवस्था अत्यन्त मजबुत व्यवस्था हो तर आजको समय भागदौडको समय हो । वैज्ञानिक सम्पन्न अवस्थामा यी सबै आश्रमका व्यवस्थालाई सञ्चालन र परिपालनमा ल्याउन सम्भव छैन । आजको समाज प्राच्य व्यवस्थाबाट गतिशील छैन । द्रष्टा ऋषिहरूले आश्रमको व्यवस्था गरेको भए पनि आजको समाज गृहस्थाश्रममा रमाएको समाज हो । अन्य आश्रमको परिपालन आजको समाजमा सम्भव देखिँदैन ।

आश्रम अनुुसारका व्यवस्था 

शास्त्रले वर्गीकरण गरेका यी चार आश्रमका आआफ्नै मान्यता र परम्परा रहेका छन् । ब्रहृमचर्याश्रममा अध्ययनलाई प्राथमिकता दिएर विद्या आर्जनलाई प्रमुुख मानिएको छ । यो अध्ययनलाई निरन्तरता दिई ज्ञानले परिपूूर्ण हुने समय हो । सबै शास्त्रको अध्ययनले पूूर्ण भएको अवस्था र कमाउनसक्ने क्षमताले परिपूूर्ण भएको समय यसलाई मानिएको छ । ज्ञानका माध्यमबाट मैले परिवारको जिम्मेवारी लिन सक्छुु भन्ने भावना जागृत हुुनुुपर्दछ । यस आश्रमको समापनपछि व्यक्ति गृहस्थाश्रममा प्रवेश गर्दछ । वैवाहिक सम्बन्धमा बाँधिने र जीवनलाई कर्मक्षेत्रमा प्रवेश गराउने जिम्मेवारी यो आश्रम मानिएको छ । 

यस आश्रमलाई कर्मप्राप्ति र कर्मले भावनाको स्वरूपलाई प्रबलता प्रदान गर्ने अवस्थाको केन्द्र मानिएको छ । गृहस्थाश्रमका सन्दर्भमा पहिले पूूर्खाहरूले उत्तम कृषि, मध्यम व्यापार, अधम जागिर मानेका थिए । आज त्यो अवस्था रहेन । उत्तम व्यापार, मध्यम जागिर, अधम कृषि मानियो । आज बाबुु बाजेको खेत बाँझो छ छोरानाति खाडीमा पिल्सिएका छन् । 

वानप्रस्थ र सन्यास आश्रमको अवस्था आजको समाजमा विद्यमान छैन । आचार र धर्मलाई पूूर्णरूपमा पालन गर्न नसक्ने हुनाले यी आश्रमलाई मान्यरूपमा स्वीकारिएको भए पनि पालनको अवस्था देखिएको छैन । त्यसैले आजको समाज गृहस्थाश्रमबाटै जीवनको अन्तिम अवस्थालाई भोग्न सफल बनेको छ । ब्रहृमचर्य, वानप्रस्थ र सन्यास आश्रम आजको समाजका लागि योग्य देखिएका छैनन् । शास्त्रको चिन्तन र समाज सेवालाई प्रमुुख आधार बनाएर सन्यास ग्रहण गर्ने परम्परा आज पनि हाम्रो समाजमा छ तर सन्यास आश्रममा प्रवेश गरेर जीवनको महत्वलाई आजको समाजले बुुझेको छैन । यी सबै आश्रममा गृहस्थ आश्रमलाई शास्त्रले अत्यन्त महŒवका साथ उजागर गरेका छन् ।

गृहस्थ आश्रमको प्रशंसा 

गृहस्थ आश्रमलाई आचार्यले उत्तम आश्रमका रूपमा स्वीकार गरेका छन् । नीतिमा भनिएको छ 

अर्थागमोनित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च ।

वश्यश्च पुुत्रोऽर्थकरी च विद्या षड् जीवलोकस्य सुुखानि राजन् ।

निरन्तर अर्थ (धन) आइरहोस्, शरीर रोगरहित होस्, प्रेम सम्पन्न र प्रिय वचनले युुक्त पत्नी होस्, छोरो आज्ञाकारी होस् र अर्थकर विद्या होस् । यी नै जीवनका सबैभन्दा सुुखी अवस्था हुुन् । जीवनमा यसभन्दा बढी आचार्यहरूले मानिसलाई दिएका छैनन् । जीवनका हरेक पललाई पारिवारिक व्यवस्था र पारिवारिक जमघटमा बितोस् भन्ने चाहना शास्त्रले राखेको देखिन्छ । जीवनका हरेक सन्दर्भलाई धनसित आचार्यले तुुलना गरेका छैनन् । धन आवश्यक मानेका छन् तर बढी धन मानिसको जीवनका लागि घातक मानेका छन् । 

गृहस्थ आश्रमलाई ऋषिहरूले बढी महत्व दिएका छन् । प्राच्य ऋषिहरू गृहस्थी थिए । वशिष्ट गृहस्थी भएर पनि सूर्यवंशका गुुरु बने । शुुक्राचार्य गृहस्थ भएर नै दैत्य गुुरु बने, बृहस्पति गृहस्थ भएर नै देवगुुरुका रूपमा रहे, द्रोणचार्य गृहस्थ रहेर धनुुर्विद्यामा निपुुण भई कौरव र पाण्डवका गुुरु भए । यसरी ऋषिहरूले सन्यासलाई सर्वोपरी आश्रमका रूपमा मानेका छैनन् । त्यसैले आचार्यहरूको मुुख्य उद्देश्य वैवाहिक जीवनमा प्रवेश गरेर जीवनको खुशीलाई जीवन्त बनाउनुु हो । यो गृहस्थ आश्रममा सम्भव हुुने हुुनाले नै उक्त आश्रमलाई महत्तम मानिएको छ । गृहस्थको अवस्थाका सन्दर्भमा नीतिमा भनिएको छ ः

न्यायार्जितधनस्तत्वज्ञाननिष्ठोऽतिथिप्रिय

शास्त्रवित्सत्यवादी च गृहस्थोऽपि विमोच्यते

न्यायबाट आर्जित धन होस्, तत्वज्ञानमा निष्ठा, अतिथिमा प्रेम, शास्त्रको ज्ञाता गृहस्थी संसारबाट मुुक्त हुुन्छ । यसरी गृहस्थ आश्रमलाई सनातन परम्परामा सबैभन्दा उच्च दर्जा प्रदान गरिएको छ । त्यसैले शास्त्रको परम्परामा विद्यमान गृहस्थी जीवन सबैभन्दा महत्वको मानिएको छ । जीवनलाई जीवनका रूपमा स्वीकार गर्ने यो आश्रमलाई अति महत्वका साथ ऋषिहरूले मानेका छन् । यो आश्रमको व्यवस्थापकीय पक्ष अति सम्पन्न मानिएको हुुनाले आचार्यले यसलाई जीवन निर्वाह र जीवन मुुक्तिको साधन मानेका छन् । यो आश्रमको जति सुुन्दर चर्चा आचार्यहरूबाट भएको छ त्यसले यसको गरिमालाई उच्चता दिएको देखिन्छ । मानिसको जीवनका सबै पक्ष र जीवन भोगाइको सन्दर्भले युुक्त हुुनुु गृहस्थ आश्रमको महनीय पक्ष हो । 

ऋषिहरूले गृहस्थ जीवनका माध्यमबाटै मुुक्तिको साधन खोजे । उनीहरूले सन्यास आश्रमलाई प्राथमिकतामा राखेनन् । जीवन खोजको उपाय गृहस्थमा रहेको कुुरा मनन गरे । जीवन भोगको अवस्थालाई गृहस्थबाटै योगमा परिवर्तन गरे । उनीहरूको प्रज्ञाले जीवनको महत्तम पक्षलाई आशाको जामा पहिरायो । त्यसैले आश्रमको व्यवस्थापकीय सुुन्दरतामा नै जीवनको मोह खोज्नुु तत्कालीन ऋषिहरूको जीवनगत महत्ता स्वीकार गरिएको छ ।

हाम्रो समाज सगोल पारिवारिक व्यवस्थामा आधारित समाज हो । पिता, माता, गुुरु, अतिथिलाई देवता मान्ने समाज हो । यो समाजका सामाजिक व्यवस्थामा संयुुक्त परिवारको कामना र त्यसले निभाएको भूूमिकाको सहजतालाई सबैभन्दा महत्वका साथ हेरिएको छ । गृहस्थको भूूमिकालाई सबैभन्दा उच्च स्थान प्रदान गरेका छन् हाम्रा धर्मशास्त्रले । गृहस्थको घरलाई उत्तम घरका रूपमा मानेको छ

यत्र नास्ति दधिमन्थनघोषो यत्र नो लघुुलघूूनि शिशूूनि

यत्रनास्ति गुुरुगौरवपूजा तानि किं वत गृहाणि वनानि ।

दही मथेको आवाज नआउने, ससाना बालबालिकाको रुवाइको आवाज नसुुनिने, श्रेष्ठहरूको गौरवको पूूजा नहुुने घर–घर नभएर वनमात्र हो । यही हो गृहस्थाश्रमको अवस्था । यसरी प्राच्य ऋषिहरूले गृहस्थ आश्रमलाई सबैभन्दा सम्मानित आश्रम मानेका छन् । 

आजको अवस्था

आजको समाज वैज्ञानिक र यान्त्रिक समाज छ । घरमा रहेका छोरोछोरी प्रविधिका दास बनेका छन् । सबै कुरा प्रविधिका माध्यमबाट खोजेर जीवनलाई भोग्ने अभिलाषामा बाँचेका छन् । आज बाबुु, बाजेको खेत, बारी, खरबारी, खरबारी झाडी बनेका छन् । त्यही झाडी बन्दगी राखेर नाति खाडी मुुलुकमा छ । खाडीको कमाइले छोराछोरीलाई स्तरीय शिक्षा दिने उद्देश्यले निजी विद्यालयमा पढाएको छ । बालबालिका प्रविधिका सम्पन्नताले सजिएका छन् । यही परिवेशमा हुुर्केको समाज हो यो । 

प्रविधिले सम्पन्न बनाएको छ आजको पुुस्तालाई तर आजको पुुस्ता ममता, स्नेह, मायाबाट वञ्चित छ । एक्लोपनमा रमाउन चाहन्छ । आफ्नो खुुशी र आनन्दलाई परिवारसित वितरण गर्न चाहन्न । साथीभाइसित बाँडेर खुुशी हुुन्छ । यो पुुस्ता कल्पनाको उडानमा रहेको छ । कल्पनाबाट संसारको उच्च शिखर चुुम्ने अभिलाषामा छ । उसको त्यो अभिलाषालाई अरब, अमेरिका, जापान, अष्ट्रेलिया युरोपजस्ता मुुलुुकले पूूर्ण गरेका छन् । 

सभ्य समाजको उन्नति र जीवनको प्रगतिका लागि आजका छोराछोरी विदेशी भूमिमा रमाएका छन् । घरमा वृद्ध बुुबा र वृद्धा आमाको उपस्थिति छ । अझ नेपाली पारिवारिक सन्दर्भ खाशगरी बुुबाआमालाई वृद्धाश्रममा पुु¥याएर सन्तोषको सास फेर्ने अवस्थामा पुुगेको छ । बुुबा आमालाई वृद्धाश्रममा पुु-याएका मातापिताको चाला उनका छोराछोरीले देखेका छन् । भोलिको आफ्नो वासस्थानको तयारी आजको सभ्य पुुस्ताले बनाइरहेको छ । यो युुगलाई कलियुुग मानिएको छ । शास्त्रले कलियुुगलाई जुुन तरिकाले वर्णन गरेका छन् । 

त्यसको वर्णनमा खर्चेका इतिहास, पुुराणका वर्णनले आजको गृहस्थ आश्रम कमजोर कडीमा उभिएको छ । ममताबाट वञ्चित सन्तान, सम्मान र आदर पाउन खोजेका अभिभावकको असन्तुुष्टि, सबैभन्दा ठूलो अभिलाषा बोकेको नयाँपुुस्ता, सबै चिज धनबाट प्राप्त गर्न खोज्ने युुवायुुवती, एक्लो सपनामा रमाउने वयस्क पुुस्ताका कारण गृहस्थाश्रमको पहिचान र सुुन्दरता घढ्दो अवस्थामा छ । आर्य संस्कार, परम्परा, मान्यता, ऋषि सम्प्रदायले छनौट गरेको सभ्य समाज बनोस् यो पुुस्ता पनि । संस्कार, सभ्यता, सम्मान, आदर, सद्भाव, मानवता नबदलिएको पुुस्ता बनोस् आजको पुुस्ता । आफन्तलाई चिनोस्, बाबुुआमाको संस्कारमा हुुर्कोस्, हाम्रा परम्परा, मान्यता र अग्रजले दिएका भावनामा रमाओस् नरामाओस् अर्काको सभ्यता र परम्परामा । यही हो गृहस्थको असल धर्म र मान्यता । 


Top