तीजमा मौलिकता हराउँदै

✍️ अच्युतप्रसाद पौडेल ‘चिन्तन’   POSTED ON : भदौ २४, २०७८ (८:३९ AM)

तीजमा मौलिकता हराउँदै

बाबुको मुख हेर्ने पर्व कुशेऔंशी सकिनासाथ हिन्दूनारीहरूको एकलौटीपर्व तीज सुरु हुनेगर्छ । यस पर्वलाई ‘हरितालिका’ पनि भनिन्छ । सत्युयुगमा पर्वतराज हिमालयकी पुत्री पार्वती आफ्नो जीवनसाथी श्रीशिवलाई बनाउने इच्छामा थिइन् । बाबु हिमालयले श्रीविष्णुसँग बिहे गर्ने सुनेर खिन्न हुँदा साथीहरूद्वारा हरण गरिएर अन्यत्र एकान्तस्थलमा गई शिवको प्रार्थना गरेको कारण ‘सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिका’को अर्थमा यस दिनलाई हरितालिकाको रूपमा मनाइने गरिएको चर्चा भविष्यपुराणमा वर्णित छ । भाद्रशुक्ल तृतीया तिथिलाई तीज अर्थात् हरितालिका भनिन्छ । 

हरितालिकाको अघिल्लो रात्रिमा विशेष खाना बनाई महिलाहरूले दर खाने गर्छन् । यसपर्वभरि प्रायशः विवाहित स्त्रीह आप्mनो माइतीघरमा बसेर पूर्ण स्वतन्त्र रूपमा तीजपर्व मनाउने गर्छन् । छोरीवेटीहरूलाई तीज विशेषमा दाजुभाइहरूले माइतीमा विशेष निम्ता गर्ने चलन रहेको छ । वर्षभरिका दुःख, कष्टलाई बिर्सेर ठट्यौली गर्दै श्रीशिवको अनुष्ठान गर्दै मनाइने पर्व तीजमा रसिला, मीठो र व्यंग्यात्मक गीतहरू गाउने, नृत्य गर्ने चलन छ । तीजका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरिन्छ । साँझ बालुवाको शिव लिंग बनाई महादेव पार्वतीको पूजा गर्ने गरिन्छ । 

दीप, कलश, गणेश र बालुवा प्रतिमासहितको शिवलिंगमा उमामहेश्वरको पूजा गर्ने, षोडशोपचार विधिले पूजा सम्पन्न गर्ने, कथा श्रवण गर्ने परम्परा छ । तीजका दिन रंगीन, सौभाग्यका कपडाहरूले सजिएर नारीहरू देवस्थल खासगरी शिवमन्दिरमा पुगी दर्शनका लागि भीड लाग्ने गर्छन् । पशुपतिनाथ मन्दिर परिसर, कुम्भेश्वर ललितपुर आदि क्षेत्रमा भेला भई रमाइलो गर्दछन् । तीजको पावन अवसरमा विशेष व्रत बस्नाले पतिको आयुवृद्धि हुने पौराणिक मान्यता छ भने कुमारीहरूले यस्तो व्रत गर्दा भावी पति असल हुने विश्वास गरिन्छ । 

अघि सखीहरूले साथ भई शिव आराधाना गर्दा पार्वतीलाई महादेव पति प्राप्तिको इच्छा पूर्ण भएको स्मरणस्वरूप हरितालिका व्रत गर्ने चलनले पौराणिक कालदेखि हालसम्म निरन्तर पाएको देखिन्छ । तीजको पूर्णता भने ऋषिपञ्चमीमा सप्तर्षिहको पूजा गरेपछिमात्र पूरा हुन्छ । गणेशचतुर्थीको भोलिपल्ट पर्ने पञ्चमी ऋषिपञ्चमी हो । सती अन्धतीसहित सप्तर्षिह कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, जगदग्नि, गौतम एवं वशिष्ठ ऋषिहरूको विशेष व्रत उपासाना, दर्शन, पूजन, गरिने हुनाले यसदिनलाई ऋषिपञ्चमी भनिएको हो । 

प्रकृतिको विधाननुरूप नारीधर्म, रजस्वला, रजोवती समय मासिक धर्म ! वर्षाकालमा नदीहरू पनि रजस्वला हुन्छन् भनिएको छ । सिर्जनाको निरन्तरतालाई कायम राख्ने केही निश्चित विधानहरू छन् । अघि ब्रहृमहत्या दोष देवताका राजा इन्द्रबाट झिकी विभिन्न चार स्थानहरूमा नदीको पहिलो छाल, जमिनको अग्लोे शिखर पर्वत भाग, आगोको पहिलो ज्वाला र स्त्रीको रजस्वलामा राखेपछि अपवित्र भएका यी स्थानमध्ये नारीको रजस्वलाका समय भाँडाकुडा स्पर्श गर्नु नहुने, खाद्यान्न सामग्रीहबाट पर रहनुपर्ने र चारदिनमा स्नान गरेपछि मासिक धर्म दोष निवारण हुने कुरा शास्त्रमा विस्तृत वर्णन छ ।

स्त्रीहरूको रजोधर्म दोषको निवारणहेतु ऋषिपञ्चमीको व्रत र सप्तर्षिहरूको पूजा, कथाश्रवण गर्नुपर्ने विषयमा विभिन्न पुराणहमा चर्चा पाइन्छ । ऋषिपञ्चमीमा ऋषिहरूको पूजा गर्नुअघि बिहानै नदी जलाशयमा गई विशेष स्नान गर्नुपर्ने हुन्छ । वर्षभरिका अशुद्धिहरू हटाउन ३६५ वटा दतिवन लगाउने, पञ्चगव्यले स्नान गर्ने विधान छ । प्रतिदिन विशेष स्नान गर्न असुविधा हुने कारण यसलाई संस्कार गर्दै वर्षभरिकै एकैदिन विशेष स्नान गर्ने परम्पराले मान्यता पाएको छ । काठमाडौंको टेकू क्षेत्रमा सप्तर्षिको स्थान छ । कतिपय महिलाहरू त्यहाँ गई सप्तर्षिको पूजा लगाउने, गोदान, पूर्णपात्र गर्ने गर्छन् । 

केही दिदीबहिनीहरू नदी किनारामा, मठ, मन्दिरमा ठूलो उत्साहका साथ आफ्ना साथीहरूका साथमा ऋषिपञ्चमीको पूजा गर्ने गर्छन् । देवालय, मन्दिरहरूमा ठूलो चहलपहल हुने गर्छ । कोही आमा–दिदी बहिनीहरू घरघरमा बसेरै पनि सामूहिक पूजा र कथा श्रवण गर्ने गर्छन् । नारीजातिमा प्रतिमास देखापर्ने रजोधर्ममा ब्रहृमहत्या दोष रहने र त्यसको निवृत्तिको सजिलो उपाय ऋषिहरूको दर्शन, पूजा नै हो भनी शास्त्रले किटान गरेको छ । ज्ञान, तप, त्याग र विवेकका प्रतीक ऋषिहरूको चिन्तन गर्नाले मानवजीवन सुखद हुन्छ । कतिपय अर्थमा मानिसले ऋषिऋण चुक्ता गर्न सकेको हुँदैन । 

पुरुषहरूले गर्ने तर्पणआदि कार्य, ब्रहृमसूत्रको कार्य नारीहरूबाट यिनै ऋषिहरूको चिन्तन मनन गर्नाले पूर्ण हुन्छ । वायुपुराणले ऋषिहरूको चर्चा गर्दै ऋषि भन्नाले श्रुति (वेद), सत्य, त्याग र तप हो भनी बताएको छ । आदर्श हिन्दूनारीहरू सहनशील छन् जसले तीज विशेषमा वैदिक परम्परालाई निर्वाह गर्दै ऋषि पञ्चमीका दिन बिहानै उत्तर, पूर्वफर्की विशेष स्नान गर्दै ऋषिपञ्चमीको व्रत, सप्तर्षिहरूको पूजा गर्ने संकल्प पनि गर्दछन् । 

ऋषिपञ्चमी व्रत गर्ने नारीहरूले यसदिन एकछाक खाने गर्छन् । नरोपीकनै उम्रने अन्न सामा, कागुनो, कन्दमूल (कर्कलो) आदि खाई हविष्यान्न भोजन गर्छन् । हाम्रा दिदी बहिनीहले पार्टी प्यालेसहरूलाई माइती घर बनाएर हो, होटलहरूलाई माइतीघर बनाइदिएर हो । 

मौलिकपना हराउँदै जान लागेकोमा धर्म संस्कृति र संस्कारविद्हरू चिन्ता पनि प्रकट गर्दैछन् । एक महिनाअघिदेखि भड्किलो रूपमा दर खाने खुवाउने चलन चल्यो । चाडबाडको दिन आपूmखुशी गर्नु स्वाभाविक हुनसक्छ, परन्तु आप्mनो धर्म, संस्कृति, संस्कार विपरीत आर्थिक रूपमा ढाडै सेक्नु राम्रो होइन । विगतमा कतिपय स्थानीय प्रशासनले सूचना जारी गरेरै यस्ता कार्यमा ध्यानाकर्षण गराएका हुन् । 

आडम्बर र देखावटीपनाले हाम्रो संस्कृति विस्तारै लोपोन्मुख हुँदैछ । धर्म र संस्कृति प्रदर्शन होइन नितान्त दर्शन हो त्यो पनि जीवनदर्शन । गरगहना, कपडा, भड्किलो खानपिन, लामो समयसम्मको नाचगान आदि अनुत्पादक कार्यहरूले तीजजस्ता चाडवाडहरू भड्किलो हुँदै आइरहेका छन् । खानाका केही नियमहरू छन्, बिहानभन्दा दिउँसोको खाना कम, दिउँसोको भन्दा बेलुकीको खाना कम र रातमा त खाना निषेध छ । पार्वतीले व्रतका लागि तीजको दरमा तीन अञ्जुलि पानीमात्रै पिएकी हुन् । 


Top