मानसिक रोगको उपचार मनोवैज्ञानिक परामर्श

✍️ डा.मञ्जुश्री प्रधान केसी ‘रानु’   POSTED ON : भदौ ३१, २०७८ (८:२३ AM)

मानसिक रोगको उपचार मनोवैज्ञानिक परामर्श

नेपालमा विभिन्न प्रकारका हत्या हिंसाका घटनाहरूमा व्यापक वृद्धि हुँदै गइरहेका छन् । जसमा विभिन्न स्तरका व्यक्ति, शिक्षक, विद्यार्थी, सर्वसाधारण व्यक्तिहरू, सेना, प्रहरी, यस्ता आक्रमणका सिकार भएका छन् । यसभन्दा बाहेक अपहरण, हत्या, धम्की, त्रास आदिमा वृद्धि भइरहेको छ । यसले गर्दा विविध तनावपूर्ण वातावरणीय प्रतिकूलताका कारण पीडितहरूमा विभिन्न मनोवैज्ञानिक समस्याहरू देखापरेका छन् । जस्तोः 

(क) डराउने 

(ख) ससाना कुराहरूमा रिसाउने झोक्किने 

(ग) आत्तिने

(घ) चिन्तित हुने 

(ङ) एकाग्रता नहुने 

(च) आफूलगायत कसैको मतलव नगर्ने 

(छ) आफूलाई सधैं दोषी ठान्ने 

(ज) बाँच्नु बेकार छ भन्ने सोच्ने जीवनप्रति निरास हुने 

(झ) सधैं थाकेको महसुस गर्ने 

(ञ) निद्रा नआउने 

(ट) सधैं विसञ्चोक महसुस हुने, शारीरिक पीडा हुने

(ठ) फूर्ति नआउने, दिक्क लाग्ने 

(ड) यौन समस्याको महसुस हुने 

(ढ) विछोडको अनुभव हुने 

(ण) निद्र्रामा कराउने, बर्बराउने आदि । 

यस्ता समस्याहरू खासगरी दीर्घरोगीमा देखिन्छ । आफू सधैँ रोगी केही गर्न नसक्ने परिवारलाई भार भएको महसुस हुने । 

हत्याहिंसा, डर, त्रास, अपहरणका कारण देखिने समस्याबाट पीडितहरूको उपचार अस्पतालहरूमा भइरहेको हुन्छन् र पनि जब बिरामी निको हुन लामो समय लागेपछि उनीहरूमा यी विभिन्न खाले समस्या देखापर्न जान्छन् । दुर्घटनाबाट भएको हानी नोक्सानीको उपचार हुने गरेको पाइन्छ तर दीर्घरोगको उपचार तुरुन्त भएको पाइँदैन । यसरी मानसिक समस्याको उपचार समयमा नभए जटिलता थपिँदै जान्छ र उनीहरू भविष्यमा आफूहरू व्यावहारिक रूपमा विचलित हुन पुग्दछन् । तसर्थः यस्ता मस्याहरूको समयमै निराकरण हुन जरुरी छ । पीडित व्यक्तिलाई मानसिक चोट निवारक परामर्श ९त्चबगmब ऋयगलअभष्लिन० सेवा तुरुन्त उपलब्ध गराउनुपर्दछ । 

(१) मानसिक चोट :

जीवनमा आइपर्ने कुनै पनि डरलाग्दो घटनाका कारण दिमागमा पर्ने आघातलाई मानसिक चोट भनिन्छ । यो देखा पर्ने विभिन्न अवस्था धेरै छन् । 

(क) अंगभंग हुँदा (अपांग हुँदा) 

(ख) बलात्कार हुँदा 

(ग) आफूले माया गरेको व्यक्ति गुमाउनु पर्दा वा प्रेमबाट विछोड हुँदा 

(घ) मृत्युबाट बँच्दा 

(ङ) नजिकका साथी, आफन्तहरूको हत्या भएको देख्दा

(च) आतंक गुण्डागर्दीबाट पीडित हुनुपर्दा 

(छ) आफ्नो श्रीसम्पत्ति नास हुँदा

(जस्तै : (२०७२ सालको महाभूकम्प, हाल २०७८ को मेलम्चीको बाढीपहिरो) 

छरछिमेक, घरगाउँ नष्ट भएको देख्दा आपतकालमा आफूले केही गर्न नसक्दा चुपचाप सहनु पर्दाको क्षण भयावह हुन्छ र प्रतिक्रियाविहीन भई हड्बढाउँछ र गुहार चाहिएजस्तो व्यवहारमात्र देखाउँन सक्छ तर चुपचाप हुन्छ । घटना विस्तारै बुझिसकेपछि उसले सहनै नसकी पीडा महसुस गर्दछ । 

यदि कसैले घटना घटाएको हो भने ऊ त्यस व्यक्तितर्फ आक्रमण रूपमा प्रस्तुत हुन सक्छ । अथवा आफ्नो भाग्य र भगवानलाई दोषी ठान्छ र आफू स्वयंलाई पीडा दिएर आफ्नो कपाल, लुछ्ने, चिच्याउने, रुने, छाती पिट्ने आदि अस्वाभाविक क्रियाकलाप देखाएर वा गरेर व्यक्त गर्दछ । यस्तो अवस्थामा पुगेपछि उक्त व्यक्तिलाई मानसिक चोट निवारक परामर्श दिनुपर्दछ । 

यदि समयमा परामर्श उपलब्ध गराउन नसक्ने हो भनेपछि गएर विभिन्न यस्ता समस्या देखापर्न सक्छन् । जस्तो : दिक्क मान्ने, आत्महत्याको प्रयास गर्ने, दुव्र्यसनी हुने, मध्यपान गर्ने, जिम्मेवारीबाट पन्छिने, घटनाबारे दोहोर्‍याई तेहर्‍यााई कराएर बस्ने, पूर्णरूपमा मानसिक असन्तुलन याने (Post Traumatic Stress Disorder) हुन जाने सम्भावना बढी हुने । त्यसकारण रोग लाग्न दिनुभन्दा अगावै रोगको रोकथाम गर्नुपर्छ । लागिसकेपछि समयमै उपचार विधि अपनाउनुपर्छ । त्यसको उपचार मनोचिकित्सा (Psychotherapy) अपनाउनुपर्छ । 


Top