साम्यवादको उत्पत्ति गीताबाट

✍️ डा.गणेशप्रसाद घिमिरे   POSTED ON : आश्विन ९, २०७८ (८:१६ AM)

साम्यवादको उत्पत्ति गीताबाट

मानिस सामाजिक प्राणी हो । उसका हरेक क्रिया समाजसित आबद्ध रहेका हुुन्छन् । मानिसको स्वभाव र उसले बुुझेको राजनीतिले समाजका हरेक पक्षलार्ई जीवन्त बनाएको हुुन्छ । समाजका सबै क्रिया मानिसका भावसित जोडिएका हुुन्छन् । त्यसैले मानिसका भाव र उसले जीवनमा भोग्ने चिन्तनलाई जीवनभर आत्मसाथ गरेको हुुन्छ । मानिस व्यवहार, आकार, जीवनपद्यति, बुुद्धि, बल, विवेक आदिका माध्यमबाट फरक रहेको छ । यो अवस्थाबाट बाहिर आउन कार्ल माक्र्सले शासन व्यवस्थामा साम्यवादको स्थापना गरे । 

उनले समाजका सबै वर्गलाई समान परिवेशमा बाँच्ने आधार दिए । उनले समाजका हरेक क्रियामा समानताको हक र भावलाई जीवन्त बनाउने प्रयासगरे । उनको दर्शनले साम्यवादका माध्यमबाट समाज परिवर्तनको आवश्यकतालाई महसुस गर्‍यो । यहीँबाट संसारमा साम्यवादको सूूत्रपात भएको पाइन्छ तर आज साम्यवादी परम्परा र उक्त शासन व्यवस्थालाई प्रायः व्यवस्थित शासन प्रणाली मानिँदैन ।

विश्व प्रजातान्त्रिक व्यवस्थामा होमिएको सन्दर्भमा साम्यवादी परम्पराले संसारको शासन व्यवस्थामा घुुँडा टेकेको देखिन्छ । शासन प्रणालीमा आएको परिवर्तनसँगै विश्व राजनीतिले जसरी कोल्टे फेरेको छ त्यहाँ साम्यवादी शासन परम्परा सदैव कमजोर बनेर रहेको पाइन्छ । यथार्थमा हेर्ने हो भने साम्यवादको विकास कार्ल माक्र्सबाट नभई ऋषि परम्पराबाट भएको देखिन्छ ।

प्राच्य व्यवस्था :

आर्ष परम्परा र द्रष्टा ऋषिहरूको सानिध्यमा हुुुर्केका हामीलाई प्राच्य शासन प्रणालीले मार्गनिर्देश गरेको छ । ऋषि सभ्यताको पहिचानका रूपमा आएको समतालाई पश्चिमा दार्शनिकले साम्यवादको जामा पहिराएका हुुन् । समता र समतामूलक समाजको परिकल्पना जीवनमुुक्तिको साधन मानियो ऋषि सभ्यतामा । पश्चिमको साम्यवादी परम्परा शासन व्यवस्थाको आधार मानिएको पाइन्छ । भगवान् कृष्णले गीतामा भनेका छन् :-

इहैव तैर्जितः सर्गो येषां साम्ये स्थितं मन ।

निर्दोषं हि समं ब्रहृम तस्माद्ब्रहृमणि ते स्थिता ।

जसको भाव समत्वमा रहेको छ उसले संंसार जितेको हुुन्छ । यो जितेको संसारबाट स्वयं ऊ मुुक्त रहेको हुुन्छ । संसारलाई समतामूलक तरिकाले हेर्नुु साम्यवादी विचार होइन र ? त्यसैले पूूर्वको व्यवस्थामा पूूर्णतः साम्यवाद विद्यमान थियो । रामराज्य समतामा चलेको शासन प्रणाली थियो । अतः साम्यवादी परम्परा पूूर्वको देन हो पश्चिमा होइन । समतामूलक समाज र त्यो समाजमा उपस्थित परम्पराले जुुन किसिमको चिन्तनलाई शासन व्यवस्थामा ढालेर गति दिएको छ त्यहाँ एउटा नवीन विचारले ठाउँ पाएको हुुन्छ ।

गीतामा साम्यवाद :

गीता कौरव र पाण्डव सेना युुद्धका लागि अग्रसर भएको अवस्थामा प्राप्त ग्रन्थ हो । त्यो युुद्ध समानताको हकका लागि थिएन अधिकारका लागि थियो । अधिकारसित गीतामा धर्म जोडिएको थियो । साम्यवादमा अधिकार जोडिएको छ तर धर्म छैन । धर्मबिना प्राप्त अधिकारले स्थायित्व प्राप्त गर्न सक्दैन । गीतामा कृष्णले साम्यवादका सन्दर्भमा भने 

सुुहृन्मित्रार्युुदासीनमध्यस्थद्वेष्यबन्धुुषुु ।

साधुुष्वपि च पापेषुु समबुुद्धिर्विशिष्यते

जसले मित्र, शत्रुु, उदासीन, मध्यस्थ, द्वेषी, धर्मात्मा तथा पापीहरूमा समभाव राखेको हुुन्छ त्यो नै उत्तम मानिस मानिएको छ । यहाँ समता छ । एक अर्काप्रति समभाव छ । एक अर्कालाई होच्याउने र कमजोर बनाउने प्रयत्न छैन । त्यो नै समतामूलक समाजको परिकल्पना हो । यही कल्पनालाई गीताले बताएको छ । गीता मानिसको धर्म, कर्म, व्यवहार, विचार, भाव र उसका क्रियालाई बोकेर हिँडेको छ । साम्यवाद संसारका मजदुुरलाई मात्र बोक्ने र संसारका मजदुुरमा समताको खोज गर्दछ । संसारका मजदुुरमा समताको खोज गर्ने सैद्धान्तिक आधार पेश गर्ने विचारमा साम्यवादको अवस्था कसरी आयो ।

गीता मानव कल्याण र मानवहितका लागि समर्पित आधारमात्र होइन मानवीय क्रिया पनि हो । यो क्रिया जीवनजगतसित निरन्तर सामीप्यमा रहेर गतिशील रहेको छ तर साम्यवादी परम्परा त्यसमा सक्रिय भएर आएको छैन । साम्यवादी दार्शनिकलाई मजदुुरको चिन्ता छ तर पूूर्वको दर्शनलाई मानिसको र उसको कल्याणको चिन्ताले सताइरहेको छ । यो यी दुुवै दर्शनमा देखिएको विषमता हो ।

समता अमृत हो, विषमता विष हो । यो संसारको क्रिया हो र प्रत्यक्ष देखिने आधार पनि हो । यसरी समतामूूलक मानवीय व्यवहारलाई देखाउने आधार र त्यसको बीजले समत्वका अनुुयायी महापुुरुषको जन्म बाहिर ल्याएको हुुन्छ । जहाँ समता छ त्यहीँ न्याय सर्वमान्य बनेर आएको हुुन्छ । न्यायलाई सर्वमान्य बनाउने आधारमा समताले ठूलो काम गरेको हुुन्छ । समत्व ईश्वरीय र ऋषि परम्पराको देन हो । गीताको समत्वमा नास्तिकता, अधर्म, काम, क्रोध, लोभ, मोह, असत्य, कपटले स्थान पाउँदैन । यही समतामा सद्गुुणको विकास भएको हुुन्छ । साम्यवादी समतामा विद्रोह पहिलो परिचय बनेको हुुन्छ ।

साम्यवाद मानवमा समानता खोज्छ । पूूर्व प्राणीहरूमा समताको आधार प्रस्तुुत गर्दछ । समतामूलक समाजको कल्पनामा रमेको साम्यवाद वर्गविहीन अवस्थालाई बीचमा राखेर हेर्छ । पूूर्वको समता प्राणीहरूको समतामा क्रियाशील रहेको हुुन्छ । यही साम्यवाद हो । गीता भन्छ :-

विद्याविनय सम्पन्ने ब्राहृमणे गवि हस्तिनि

शुुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ।

ज्ञानीजन विद्या र विनयले सम्पन्न ब्राहृमण, गाई, हात्ती, कुुकुुर र चाण्डालमा समभाव राखेर अघि बढेको हुुन्छ । यो अवस्था पूूर्वको समतामूलक समाज र त्यसले दिने आधार हो । यही आधारमा मानवजीवन टिकेको तथ्यलाई पूूर्वको परम्पराले जोड्दार रूपमा उठाएको छ ।

समता नै पूूर्ण हो :

समत्वं योग उच्येत समतालाई योग मानिएको छ तर समता कस्तो भन्ने परम्परा भने भिन्न छ । मानिसको समतामूूलक कल्पना सबै तरिकाबाट व्यवस्थित रहेको हुुन्छ । मानिसको समान व्यवहार समाजका लागि उन्नतिको बाटो होला ? तर उसका क्रियाले दिने आचार विचारको भावले मानिसका कर्मलाई जीवन्त प्रदान गरेको पाइन्छ । साम्यवादी समाज शोषक र शोषित, बुुर्जुुवा र सर्वहारा, पुँजीपति र श्रमिकमा परस्पर संघर्ष गराएर शासनको डोरी आफ्नो हातमा तान्न खोज्ने व्यवस्था हो । जसले समाजको समतामा वर्गको उपस्थिति देखाएको हुन्छ । 

अन्त्यमा वर्गविहीन समाजको परिकल्पनामा आफूूलाई समर्पित तुल्याएको हुुन्छ । यो विचार प्राच्य परम्परा र दर्शनमा पाइँदैन । दर्शन जे भए पनि समत्व पूूर्वको पहिचान हो । यही समता मानवको कल्याण तथा हितको भावनागत महिमा पनि हो । 

दुुबैको विचार समतामा छ । साम्यवादी शासन व्यवस्थाको समता व्यक्ति र वर्ग केन्द्रित रहेको छ भने पूूर्वको चिन्तन मानव केन्द्रित रहेको छ । साम्यवादी परम्परा शासन व्यवस्थामा जुुन किसिमको आधार प्रस्तुुत गर्दछ त्यसले समाजको व्यवस्थापकीय पक्षलाई एकलकाँटे बनाएको हुुन्छ । पूूर्वको समताले मानिसलाई ज्ञानवान बनाएको हुुन्छ । यही परम्परामा अल्झेको छ समाज र समाजको चिन्तन ।

साम्यवाद समताको कल्पना गर्छ तर संसारका हरेक पदार्थमा विषमता रहेको छ । अमृत विष, अग्नि जल, गुुलियो र तितोमा जसरी विषमता देखिएको छ त्यसमा समताको कल्पना कसरी सम्भव छ । यस कुुरालाई समतामूूलक समाजले दिन सक्दैन । त्यसैले समताका माध्यमबाट शासन सत्ता चलाउने आधार साम्यवादले प्रस्तुत गरेको हुुन्छ । यही आधार उसको जीवन महŒव र दर्शनको उच्च मान्यता पनि हो ।

विरोधी अवस्था :

साम्यवाद सदा ईश्वरको विरुद्धमा क्रियाशील व्यवस्था हो । पूूर्वको समग्र चिन्तनले ईश्वरीय सत्तालाई सर्वोपरी मानेको हुुन्छ । साम्यवाद धर्मनाशक विचारका रूपमा आएको व्यवस्था हो । यहाँ धर्मलाई कुुनै प्रकारको स्थान दिने व्यवस्था छैन । गीतामा व्यक्त गरिएको समानताले सदा धर्मको वकालत गरेको छ । माक्र्सको साम्यवाद हिंसालाई प्रश्रय पदान गरेर सत्ता कब्जा गर्ने प्रयन्तमा क्रियाशील रहेको हुुन्छ भने पूूर्वको साम्यवाद हर तरिकाले अहिंसालाई नै प्रमुुख आधार मानेर गतिशील बनेको छ । गीताले समानताको हकलाई पूूर्णताका साथ पालन गर्न आग्रह गरेको छ ।

समः शत्रौ च मित्रे च तथा मानाद्रपमानयोः

शीताृेष्णसुुखदुुःखेषुु सम .: सङ्गविवर्जितः ।

शत्रुु मित्र, मान अपमान, सुख दुुःख, जाडो गर्मीमा पनि समान अवस्थामा रहनुु र कसैसित आशक्तिमा नफस्नुु पूूर्वको समानता हो । तर कार्लमाक्र्सको साम्यवाद त्यो अवस्थामा रहेको विचार होइन । त्यसले आफ्नाविरोधीलाई समाप्त पारेर शासन व्यवस्थालाई सञ्चालनमा ल्याएको हुुन्छ । अतःपूूर्वको चिन्तन परम्पराले साम्यवाद र समान अवसरलाई गति दिएको हो । वैज्ञानिक चिन्तन परम्परामा मानवको कल्याणका लागि निरन्तर रहेको पूूर्वको चिन्तन समतामूूलक समाज र मानव कल्याणको भावलाई निरन्तरता दिने व्यवस्थाको पहिचान हो ।

समता मानिसको कल्याणका लागि अनिवार्य हुुन्छ । विध्वंशका लागि होइन । मानिसको भाव र कल्याणलाई उपलब्धि मान्ने पूूर्वको साम्यवादमा गीताले सबै कुुरालाई आधार मानेको छ । शासन व्यवस्था सर्वजनहितायःको भावले गतिशील हुुनुु आवश्यक छ । केही व्यक्तिहितका लागि सक्रिय शासन व्यवस्थाले कहिले पनि समान् अवसरको भावनालाई मान्यता दिएको हुुँदैन । कार्लमाक्र्स, माओ, लेलिन आदिका विचारधाराले समान अवसरलाई र समाजका परिवशेलाई जीवन्तता दिए । समान् अवसर सबैले पाऊन् भन्ने चाहना राखे ।

शान्तिका माध्यमबाट व्यवस्था दिगो हुुने कुरामा विश्वास गरेनन् । क्रान्तिले नै समाजका हरेक क्रियालाई र हरेक मानवलाई सुुधार्न सकिन्छ भन्ने विश्वास राखे । यो विश्वासमा उनीहरूको दर्शन आज पनि दृढ बनेर रहेको छ । यही दर्शनको मातहतमा चलेको शासनले आजको कम्युुनिष्ट शासन पद्यतिलाई परिचित बनाएको छ ।

आजको अवस्थालाई हेर्ने हो भने गीतामा व्यक्त भएका भावले पूूर्वको चिन्तनलाई फराकिलो बनाएको छ । यही परम्पराको चिरन्तन प्रकृतिलाई मानवीय भावले सदैव गति प्रदान गरेको छ । यही विषमता र समताको प्रणालीमा पश्चिमा दर्शन अल्झिएको छ । पूूर्वको दर्शन समताको भावलाई मानव कल्याण र हितमा समर्पित गर्ने चिन्तन हो । यही चिन्तन आजको आवश्यकता पनि हो । समता सबै प्राणीमा व्यक्त हुुनुु समभाव हो । कुुनै वर्ग विशेषका लागि समत्वको आधार प्रस्तुुत गर्नु समभाव बन्न सक्दैन । त्यसैले पश्चिमका यी दर्शनको बीज पूूर्व हो । 


Top