सामाजिक सञ्जालसम्बन्धी नीति बदलौं

✍️ निनाम कुलुङ ‘मंगले’   POSTED ON : आश्विन ११, २०७८ (८:१८ AM)

सामाजिक सञ्जालसम्बन्धी नीति बदलौं

आजभोलि नेपालमा मात्रै नभएर विश्वका प्रायः सबै देशहरूमा फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर, मेसेन्जर, इमोलगायत अन्य सामाजिक सञ्जालको प्रयोग गरेर (नेपालमा फेसबुकमार्पmत धेरै अपराधजन्य काम, आर्थिक प्रलोभनमा पारेर परेर ठगिने, यौन हिंसा, महिला हिंसा, एटिएमको माध्यमबाट पैसा चोरीलगायत अन्य जघन्य अपराध) सामान्यदेखि जघन्य अपराधहरूको ग्राफ पनि विश्वका अधिकांशमा बढ्दोक्रममा रहेको देखिन्छ । 

विश्वका केही देशहरूले जस्तै चीन, साउदी अरब, क्युबा, उत्तर कोरिया आदि देशका सरकारले आप्mनो देशका नागरिकहरूले फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर, मेसेन्जर, इमोलगायत अन्य सामाजिक सञ्जाल प्रयोग गर्दा वा सुरुमै एकाउन्ट खोल्दा नै उनीहरू जो कोही होस्, जताभावी रूपमा खोल्न नदिने नीति लिएको देखिन्छ । 

अब नेपाल सरकारले पनि सोही नीति लिनुपर्ने देखिन्छ । जस्तै फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर, मेसेन्जर, इमो आदि सामाजिक सञ्जालहरू खोल्दा, सामाजिक सञ्जाल खोल्ने कुनै मान्छे÷व्यक्तिको हकमा उसको नागरिकता प्रमाणपत्र नम्बर, राष्ट्रिय परिचयपत्रको नम्बर, नाबालकहरूका हकमा जन्मदर्ता नम्बर र विदेशमा रहेकाहरूका हकमा (नयाँ खोलेमा) पासपोर्ट नम्बरको प्रविष्टिको आधारमा मात्रै खुल्ने व्यवस्था लागू गर्नुपर्ने देखिन्छ । 

त्यस्तै संघसंस्थाहरूको हकमा प्यान/भ्याट/कर कार्यलयमा दर्ता भएको नम्बरको आधारमा मात्रै फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर, मेसेन्जर, इमोलगायत अन्य सामाजिक सञ्जाल खोल्ने अनुमति दिनुपर्ने देखिन्छ । साथै सामाजिक सञ्जाल खोल्ने मान्छे वा भनौं व्यक्तिको देश जुन हो त्यो देशको अन्तर्राष्ट्रिय कोड हाल्नैपर्ने, अन्यथा कुनै पनि सामाजिक सञ्जाल नै नखुल्ने व्यवस्था पनि कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ । 

त्यति मात्रै होइन, साथमा सामाजिक सञ्जाल खोल्ने व्यक्तिको पिंmगर प्रिन्ट र सक्कली फोटा पनि टाँस गर्ने अनिमात्रै फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर, मेसेन्जर, इमोलगायत सामाजिक सञ्जाल खुल्ने व्यवस्था गरिनुपर्ने देखिन्छ । अझ सकेसम्म एक व्यक्तिले एकभन्दा बढी माध्यमको सामाजिक सञ्जाल खोल्नै नपाउने व्यवस्था लागू गर्नु उपयुक्त हुन्छ । 

अझ सकिन्छ भने, कुनै व्यक्ति, समूह, संघसंस्था, राजनीतिक दल आदिले फेसबुकलगायत सामाजिक सञ्जालमा पोष्ट गरेको लेख, रचना वा अन्य कुनै पनि सामग्री आपूmलाई मन परेन भन्दैमा पढ्दै नपढी जताभावी कमेन्ट र गालीगलौज गर्ने, विरोधका लागि विरोध गर्नमात्रै लेख्ने, जे पायो त्यही चित्रहरू राख्नेहरूलाई अटोमेटिकल्ली अपलोड नै नहुने व्यवस्था गर्नु राम्रो हुन्छ । जुन केही अनलाइनहरूले गरेको देखिन्छ । जस्तो ‘साल्पा अनलाइन’, ‘लिब्जुभुम्जु अनलाइन’लगायतले गरेको देखिन्छ । माथि उल्लेखित अनलाइनहरूले आप्mनो अनलाइनमा छापिएका समाचार, फिचर, लेख, रचना आदिको आलोचना वा प्रष्टीकरण वा वास्तविकता यस्तो !’ हो भनेर लेखी पठाएको पाठकपत्र, प्रतिकिक्रया र प्रतिटिप्पणीसमेत अपलोड हुँदैन अपलोड गर्दैनन् । 

त्यसैले यस विषयमा नेपाल सरकारको सम्बन्धित निकायले (जस्तै ः नेपाल सरकार, सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय, सूचना विभाग, प्रेस काउन्सिल आदि कसले गर्ने ?) तुरुन्तै निर्णय गरिहाल्नुपर्ने देखिन्छ । त्यस्तै यससम्बन्धमा नेपाल सरकारले चाँडै नै नेपालस्थित सामाजिक सञ्जालका सम्पर्क कार्यलय वा विदेशस्थित कार्यलयमा सिधा सम्पर्क गरेर यस विषयमा कदम चालिहाल्नुपर्ने वा जानकारी दिनुपर्ने देखिन्छ । 

सरकारले यस्ता सामाजिक सञ्जालहरू खोल्दा सुरुमै कुनै पनि मान्छेको नागरिकतमा प्रमाणपत्र नम्बर वा राष्ट्रिय परिचयपत्र, नाबालकहरूका हकमा जन्मदर्ता नम्बर र विदेशमा रहेकाहरूका हकमा (नयँ खोलेमा) पासपोर्ट नम्बर प्रविष्टिको आधारमा अनि आप्mनो देश जुन हो, त्यही लेख्नैपर्ने, सम्बन्धित व्यक्तिको पिंmगर प्रिन्ट र सक्कली फोटो टाँस गरेपछि मात्रै सामाजिक सञ्जाल खुल्ने र एक व्यक्तिले एकभन्दा बढी पटक सामाजिक सञ्जाल खोल्नै नपाउने व्यवस्था गर्न सकेमा हाल भइरहेको महिला हिंसा, यौन हिंसा, आपराधिक कार्य, आर्थिक ठगी र जताभावी गालीगलौज गर्नेलगायत कार्यहरू लगभग ९५–९६ देखि ९७–९८ प्रतिशतसम्म घट्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ । 

हुन पनि अहिले त नियत नै बांगिएर सामाजिक सञ्जाल खोलेका मान्छेहरूले जे पायो त्यही नाममा, फोटो पनि जसको पायो त्यसको वा नक्कली राखेर वा खरायो, फूल, रूख, माछा, हिमाल, चरा, मुसा, बिरालो, बाघ, गैँडा, हात्ती, स्याल, प्mयाउरो जरायो, पहरा, छहरा, आँप, सुन्तला, केरा, केराको बोट, आदि जे पायो त्यही राखेर सामाजिक सञ्जाल खोलेका छन् । त्यस्ता मान्छेहरूले देश पनि कोहीले अमेरिका, कोहीले बेलायत, कोहीले बेल्जियम, कोही रूस, कोहीले कुबेत, कोहीले मलेसिया, कोहीले जापान, कोहीले कोरिया आदि आपूmलाई जुन मन लाग्यो त्यही देशको निवासी ! भनेर राखेका छन् । 

त्यसैले उनीहरूलाई केही हदसम्म अनेक कर्तुत र अपराध गर्न, अनि ट्यापमा पारेर आर्थिक ठगी गर्न, आपूmलाई मन नपरेको मान्छेले पोस्ट गरेको लेख, रचना, सामग्री नपढीकनै जताभावी कमेन्ट गर्ने, गालीगलौज गर्ने, जे पायो त्यही चित्र राख्ने, सराप्नेलगायत कामहरू गर्न धेरै सजिलो भएको छ । यस्तो कामहरू कम गर्न पनि सरकारले अब सामाजिक सञ्जालबारेमा अलि कडा नीति लागू गर्नुपर्ने देखिन्छ । यस्तो व्यवस्था गर्न सके धेरै मान्छेहरू आफसेआफ यस्ता कार्यबाट पछि हट्नेछन् । 

हुन पनि आजकाल जर्नल, पत्रपत्रिका, अनलाइन, ज्ञानगुन र जीवनमा केही न केही सिक्न सकिने सञ्चारका अन्य माध्यममा भने खासै आँखा नजाने हामी नेपालीहरूको बानी बस्दै गएको देखिन्छ । त्यसैले पनि होला, आजभोलि जो कोहीले फेसबुकमा भने यसो आँखा लगाउँने गरेको देखिन्छ । त्यसैले अब सरकारले एक व्यक्तिले ‘एउटामात्रै फेसबुक आइडी खोल्ने वा दर्ता हुने व्यवस्था चाँडै लागू गर्नु उपयुक्त हुन्छ । अन्यथा एकै व्यक्तिले अनेक नाममा हजारौं नक्कली फेसबुक आइडी खोलेर यसता कार्य गरिरहने छन् । 

राष्ट्रप्रमुख, सरकारप्रमुखलगायत देशका ठूलाबडा र प्रतिष्ठित व्यक्तित्वमा गनिने व्यक्तिहरूका लागि त जसले जुनसुकै नाममा र जुनसुकै ठाउँबाट अनि जतिवटा र जस्तो सुकै नक्कली नाममा फेसबुकलगायत सामाजिक सञ्जाल खोलेर जेजसरी छेडखानी गरे तापनि, गालीगलौज गरेता पनि, अनेकथरिको भिडियो वा अन्य अश्लील चित्रहरू बनाएर वा लंक गरेर पोष्ट गरे तापनि प्रहरी प्रशासनले धुइँपत्ताल खोजी गरी तुरुन्तै पत्ता लगाई पक्राउ गर्छ र कानुनी दायरामा ल्याउँछ । 

त्यसको सबैभन्दा पछिल्लो उदाहरण भनेको गएको लगभग एक महिनाअघि वर्तमान राष्टरूप्रमुख सम्माननीय विद्यादेवी भण्डारीज्यू र सरकार प्रमुख शेरबहादुर देउवाज्यूलाई लक्षित गरेर पोष्ट गरेको भिडियोलाई आधार मानेर झापाबाट एक व्यक्तिलाई प्रहरीले तुरुन्तै पक्राउ गरी कारबाहीका लागि काठमाडौं पठाएको घटनाले पनि पुष्टि गर्छ । 


Top