वयंं राष्ट्रे जागृयाम पुरोहिताः

✍️ मणि शर्मा   POSTED ON : आश्विन ११, २०७८ (८:२२ AM)

वयंं राष्ट्रे जागृयाम पुरोहिताः

वाजंंस्यः इमंं प्रसकवः सुषुवे अग्रें सोमंम् राजांंनम् औषंंधीषु अप्सु (ताक अस्मभ्यंम् मर्धुकमतीः भवन्तु वयं राष्ट्रे जागृयाम पुरोहिताः स्वाहाः ।।

हे मनुष्यहरू ! जसरी म पहिला ऐश्वर्यले युक्त भएर ज्ञानद्वारा यो सोमले जस्तै सबै दुःखको नाशक हो (अर्थात्, समाधिमा योगीले सोमरसको अनुभव गरेर सबै दुःखलाई नास गर्ने गर्छन् । विद्या, विनय र न्यायले गुणयुक्त राजालाई (शासकलाई) उत्पन्न गर्छ (भन्न खोजेको यो हो कि, विद्या अर्थात् चार वेदहरूको ज्ञान पाएर जब राजाले (शासकले) न्याय गर्छन् र प्रजा (जनता) को दुःख सुन्ने गर्छन् तथा विनयपूर्वक व्यवहार गर्छन्, जुन कि राजा (शासक) ले वेदाध्ययन र स्वयंको तपस्याले आर्जन गर्दछ तबमात्र ऊ राजा (शासक) बन्ने योग्य हुन्छ ।

यस्तै राजाको रक्षाले देशमा जो औषधि, वनस्पति र यव अर्थात् जौ इत्यादि औषधिहरू जुन पृथ्वीमा उत्पन्न हुन्छ र जुन जलमा उत्पन्न हुने औषधिहरू छन् ती पनि राजाको रक्षाले पूर्णरूपमा उत्पन्न हुन्छ र हाम्रो लागि पूर्णरूपमा मधुरतापूर्ण होस् । भावार्थ यो हो कि राजा (शासक) किसानहरूको शुभचिन्तक भएर धन आदि सबै प्रकारले सहयोग गर्छन्, तब अन्न, जल, वनस्पतिहरू, औषधिहरू आदि सबै प्रजालाई सरलतासँग उपलब्ध हुन्छ । 

मन्त्रको तेस्रो चरणको अर्थ हो, जस्तै, स्वाहाः सत्याचरण द्वारा पुरोहिताः सबैको हितकारी (यहाँ पुरोहितको अर्थ हो, सबै जनताको हित गर्ने नेता, मन्त्री, कर्मचारी आदि) (वयं) हामी (मन्त्री, नेता, कर्मचारी आदि सेवकहरू) राष्ट्रे (राष्ट्रमा) सधैं जागृयाम जागृत भएर, पुरुषार्थी बनेर जनतासँग व्यवहार गरौं । पुरोहितको अर्थ शासकवर्ग, नेता, मन्त्री, कर्मचारी, सेवक आदि हो भने र देउता राजा अर्थात् शासक हुन् । अतः पुरोहितमा पनि राजा सामेल छन् । राजा (शासक) पनि पुरोहित हुन् । ऋग्वेदको यही मन्त्रमा पुरोहितको अर्थ पुर अर्थात् आफ्नो गाउँ, समाज र राष्ट्रको रक्षा गर्नेलाई भनिएको छ ।

२०६३ साल यता हेर्ने हो भने हाम्रो राष्ट्र म्लेच्छहरूबाट परिचालित भएकाले रुग्ण अवस्थामा छ । यो रोगको सुरुवात भएको तीस वर्ष भइसकेको छ । २०६३ यता त यो थला परेर मृत्युशैøयामा पुग्ने अवस्थामा गइसकेको अवस्था छ । हाम्रो धर्म संस्कृति र संस्कार कोमामा गइसकेको अवस्थामा छ । राजामा त्यसै विष्णुको अंश हुन्छ भनेको होइन । भगवान विष्णु जसरी यो सृष्टिको पालक हुन् त्यसरी नै राजा यो राष्ट्रको पालक हुन् र हो केही राजाहरूमा राजकीय गुणहरूको कमी रहन गयो । न त वेदको अध्ययन नै गरे न त वैदिक संस्कारमै रहे । राजा ज्ञानेन्द्रको परिवारमा पनि त्यो कमी देखिइरहेको छ । 

तैपनि राजालाई यो देशप्रति हृदयदेखि नै माया हुन्छ र उनी आफ्नो जनतालाई सुखी र सम्पन्न भएको हेर्न चाहन्छन् र आफ्नो राष्ट्रको स्वतन्त्रता तथा सार्वभौमसत्ता अक्षुण्ण राख्न सदैव प्रयत्नशील रहन्छन् । यो राष्ट्र रहेमात्र उनको सन्तानले यस राष्ट्रमा शासन गर्न पाउँछन् । तर कथित जननिर्वाचित शासकवर्ग जसरी विदेशीको गुलाम भएर यहाँ भ्रष्टाचारलाई संस्थागत गर्दै देशलाई कंगाल बनाइरहेका छन् त्यसले यो मुलुक लामो अवधिसम्म स्वतन्त्र तथा सार्वभौम सम्पन्न राष्ट्रको रूपमा रहला भनेर भन्न सकिने अवस्था छैन । 

राजतन्त्रको अन्त्य हुनुमा राजाहरूको पनि कमजोरी छ । आफ्ना पुर्खाले कसरी विद्वान् पुरोहितहरूको सल्लाहमा राज्य एकीकरण गर्दै राज्य चलाएका थिए त्यसलाई बिर्सेर गलत सल्लाहकारहरूको सल्लाहले राज्य चलाउँदा आज यो परिणति भोग्नुपरेको छ । वेदविज्ञ साधु, सन्यासी, मुनिहरूलाई राजाहरूले औैपचारिकतामात्र प्रकट गर्न सम्मान गर्नुको सट्टा उनीहरूबाट सल्लाह लिएर राज्य सञ्चालन गरेको भए आज राष्ट्र यो अवस्थामा पुग्ने थिएन । 

युरोप, अमेरिकातिर राजालाई जुन सम्मान दिइन्थ्यो त्यो एउटा शिकारीले आफ्नो शिकारलाई आफ्नो जालमा फास्न दिइएको सम्मान रहेछ भन्ने आज प्रमाणित भएको छ । राजाहरूलाई सम्मान दिनेहरू नै राजकुलको वंश विनाशदेखि राजसंस्था उन्मूलन गर्नमा सहभागी भए । उनीहरूको सहयोगविना यो काम नेपालमा असम्भव थियो ।

राजा महेन्द्रको यस मुलुकको स्वतन्त्रता तथा सार्वभौमसत्ता विश्वलाई स्वीकार गराउनमा महत्वपूण योगदान थियो । यो राष्ट्रको औद्योगकीकरणदेखि शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, नेपाली मुद्राको प्रचलन, राष्ट्र बैंकको स्थापना आफ्नै परिवारको लगानीसमेत लगाएर त्रिभुवन विश्वविद्यालय, आफ्नो जग्गा प्रदान गरेर प्र्रज्ञा प्रतिष्ठान आदि स्थापनाका साथै नेपाली साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा उनको महत्वपूर्ण योगदान थियो । 

तर, उनले जुन दिन पिस कोर, केही आइएनजिओ र मिसनरीहरूलाई नेपाल भित्र्याए त्यही दिनदेखि नेपालमा सनातन धर्म तथा राजसंस्थाको विनाशको जग बसालेका थिए अन्जानमा । विदेशी शक्तिराष्ट्रहरूले उनीहरूलाई दिएको सम्मान नेपालको विनाशका लागि थियो यो कुरा राजाहरूले बुझ्न सकेनन् । अहिले पनि राजा ज्ञानेन्द्रले आफ्नो नातिलाई अमेरिका पढाउन पठाउन लागेर गल्ती नै गरी रहेका छन् । उनलाई भविष्यमा राजा बनाउँन छ भने नेपालमै संस्कृत शिक्षा प्रदान गर्दै चार वेद, पुराण, नीतिशास्त्र आदिको ज्ञान दिनु अपरिहार्य छ । नेपालको राजाले सनातन धर्मअनुसार वैदिक नीति निर्देशनअनुसार राज्य सञ्चालन गर्दा स्थायित्व पाउँछ न कि युरोप र अमेरिकाको शिक्षाले ।

नेपालको मौलिकता मास्न यहाँ विदेशी संस्कृतिहरू भिœयाइयो । जन्मदिन अष्टचिरञ्जीवीको पूजा गरेर आयु, आरोग्य आदिका लागि मनाउनुपर्ने ठाउँमा केक काटेर मनाउँन थालियो । विवाह वार्षिकोत्सव पनि मन्दिरमा गएर पूजाआजा गर्नुपर्ने ठाउँमा केक काटेर मैनबत्ती फुकेर मनाउन थालिएको छ । बत्ती बाल्ने सनातनी परम्परा हो बत्ती निभाउने होइन । पितृ कार्यमा मात्र बालेको बत्ती निभाइन्छ । जनैधारीहरूले जनै लगाउन छोडे, गाई, बंगुर, भैंसी आदि अभक्ष भोजन गर्न थाले, बाहुन, क्षेत्रीहरूले टुप्पी पाल्न छोडे, बिहान, बेलुकी–गायत्री जप गर्न छाडे, पहिला पहिला घरघरमा रामायण, महाभारत पाठ गर्ने चलन थियो त्यो पनि लुप्त भयो । 

राति सत्यनारायणको पूजा लगाएर रातभरि जाग्राम बसेर भजन कीर्तन गर्ने परम्परा अहिले लोप भएर, कसै–कसैले बिहानै छोटकरीमा सत्यनारायणको पूजा लगाउने गर्छन् । हामी मन्दिर जाँदैनौं, गाईको मासु खानुपर्छ भनेर आन्दोलन गर्ने डलरेहरूको कमी छैन यहाँ, राति हुने विवाहा दिउँसो गर्छौं, विवाहमा श्लोक हाल्ने चलन छाडिसक्यौं, अचेल हामीलाई श्लोक नै आउँदैन, गुरुकुल प्रथा हटेर यिशुकुल प्रथा चलाएका छौं, धोती लगाउने शरीरमा बाल्यकालदेखि नै टाई र सुटबुट लगाउन हाम्रा बालबालिकालाई सिकाउँछौं, संस्कृत र मातृभाषाको सट्टा बालकको बोलीको सुरुवात अंग्रेजी शब्दबाट गर्ने गर्छौं, बा, पापा, डैडी डैड, भए, आमा, मम्मी र मम भइन्, बाजे बज्यै बुआआमा भए, काका काकी, मामा माइजू अंकल अन्टी भए । 

पहिला पहिला समाजमा आफ्नोपन हुन्थ्यो र आफ्ना छरछिमेक चिनजानको लाई साइनो लगाई बोलाउँथ्यौ, अब सर र म्याम भए । लोग्नेको लागि स्वास्नी म्याम र स्वास्नीको लागि लोग्ने सर भए, आफ्नो भेषभूषा, भाषा संस्कृति अपनाउँदा हामीमा हीन भावना जाग्छ, पाखे भइन्छ भन्ने भावना जागृत भएको छ । मान्यजनलाई ढोग्ने र दण्डवत गने परम्पर्रा हराएर दर्शन र हग अँगालेका छौं । तर, पश्चिमाहरू हप्तामा एकदिन आइतबार, नेपालमा शायद शनिबार होला चर्च जान बिर्सिंदैनन्, मुसलमानहरू दिनमा पाँचपटक नमाज पढ्न बिर्सिंदैनन् । हामी सनातनीहरू आफूलाई पूरै धमान्तरण गर्दै लगेका छौं । 

दर्शन आदि इल्लामी परम्परा दरबारले नै सिकायो । हिन्दू राजाले नै मुसलमानी सभ्यता अपनाए प्रजाले के अपनाउने ? सनातनी राजा बन्नका लागि दरबार पहिला सच्चिनुपर्छ र हाम्रा परचालित राजनीतिक दलहरूका नेताहरू पनि सुध्रिनुपर्छ । नेता सुध्रिनु र कुकुरको पुच्छर बाह्र वर्षसम्म डुंग्रोमा राखेर सोझ्याउनु एउटै कुरा हो ।

गाईलाई हामीले माता भनेर मान्छौं । स्थानीय गाईको दूध, मूत्र र गोबर आदि प्रत्येक कुरा स्वास्थ्यवर्धक र पवित्र छ । तर आज हामी बढी पैसाको लागि गाई र सुंगुर जातका उसस जनावरको मिश्रण भएको जर्सी गाई पाल्छौं र त्यसको दूधादि खान्छौं जुन मुटु, मिगौला, कलेजो र मस्तिष्कका लागि हानीकारक छ । यसको दूध र दूधजन्य पदार्थ अपवित्रका साथै मन्दविष पनि हो । ब्रोयलर कुखुरलाई ख्वाउने दाना ८० प्रतिशत गाईको कर २० प्रतिशत बंगुरको काम नलाग्ने मासु, आन्द्राभुँडी र हाडबाट बन्छ । 

हामी गाई र बंगुर नखानेहरू, यो खाए जात भ्रष्ट हुन्छ भन्नेहरू प्रायः यसैको मासु सस्तो हुनाले खाने गर्छौं । हामी सनातन धर्मविरोधी कामहरू गर्दै आइरहेका छौं तर हामीलाई सनातन धर्मसापेक्ष संंवैधानिक राजतन्त्रात्मक राष्ट्र चाहिन्छ । न राजा न जनताले आफ्नो धर्म संस्कृति जोगाउन सकेका छौं तर हामी यसैको पुनःस्थापनाका लागि आन्दोलित छौं । गुरुकुल शिक्षाको ज्ञान यदि व्यवहारमा लागू गर्न सकेनौं भने यो शिक्षाको कुनै औचित्य हुँदैन । ब्राहृमण पुरोहितहरू कर्मकाण्डीमात्र भएर व्यावसायिक भए उनीहरूले प्राप्त गरेको ज्ञान पनि समाजका लागि हानीकारक नै हुन्छ । के हामी सनातन धर्मावलम्बी हुन सकेका छौं ?

पञ्चायती व्यवस्थाको अन्तिम अत्तरार्ध कालदेखि नेपालमा विकासे खाद्यान्नको बिउ तथा मल र विषदि प्रयोग गरिरहेका छौं । गाईगोरुको मललाई त्यागौं, बढी आम्दानीका लागि । नअहिलेको उत्पादनमा पौष्टिकता छ न त पहिलाको जस्तो मौलिक स्वाद । हाम्रा मौलिक बिउहरू पश्चिमाको भाउँतोमा मास्यौं, आज हाम्रा पुराना मौलिक बिउहरू पश्चिमासँग छ । बढी उत्पादनको लोभमा परेर त्यसबाट प्राप्त बढी पैसाभन्दा धेरै बढी पैसा त्यसबाट प्राप्त रोगहरूको उपचारमा खर्च गर्ने गर्छौं । अकाल मृत्यु वरण गर्छौं । 

स्वास्थ्यका लागि हानीकारक मल र खाद्यान्नको विरुद्धमा हामी यजुर्वेदमा भने जस्तै न त अन्न, न त जल, न त वनस्पति, न त औषधि नै प्राप्त गर्ने कोसिस गरेका छौं । पश्चिमाहरूले हामीलाई पहिला जहर दिएर पछि औषधि दिए । धन उनीहरूले कमाए, रोग हामीले कमायौं । आज हामी यी सबै विकृतिहरूविरुद्ध बोल्नुपर्छ, जागृत हुनुपर्छ, जनतालाई जगाउनुपर्छ, हामी आफैं पुरोहित बनेर वयं राष्ट्र जागृयामको नारालाई सार्थक तुल्याउनुपर्छ । 


Top