गुुण, कर्म र उपासनाको आधार दशैँ

✍️ डा. गणेशप्रसाद घिमिरे   POSTED ON : आश्विन २३, २०७८ (७:३५ AM)

गुुण, कर्म र उपासनाको आधार दशैँ

एतस्यास्त्वं प्रसादेन सर्वमान्यो भविष्यति

सर्वरूपमयी देवी सर्वं देवीमयं जगत् ।

देवीको आशीर्वादका कारण तिमी सर्वमान्य हुुनेछौ । देवी सर्वमयी हुुन् भने यो जगत् देवीमय छ । यो श्लोकमा संसारको नियन्त्रण मानिसका हातमा छैन । मानिसले संसार नियन्त्रण गर्न पनि सक्दैन । उसका क्रियाले संसार हेरिरहेको हुुन्छ तर उसले संसारलाई जित्न सक्दैन । यही आधार हो शक्ति उपासनाको । शक्तिको उपासनाले तिमी संसारमा मान्य, पूूज्य र दिव्य हुुनेछौ ।

मानिस मानिस हो देवता हुुन सक्दैन । मानिसका क्रिया सदैव तेरो, मेरोमा रहेका छन् । जन्मदेखि मृत्युु नहुुँदासम्म मानिसमा देखिने वृत्तिले उसको भावलाई झल्काएको हुुन्छ । ऊभित्रको भाव सदैव प्रवृत्तिका रूपमा आएको हुुन्छ । अतः मानिस भन्नु नै कर्मको पुुञ्ज होे । कर्मका कारण उसले गरेका सबै क्रिया अनुुभूूतिगम्य बनेर आएका हुुन्छन् । 

मानिसभित्रका प्रवृत्तिले उसलाई कहिले निवृत्तिको बाटोमा लैजान्छ कहिले प्रवृत्तिको बाटोमा । यही बाटोमा हिँड्ने, भाव र कर्मलाई लिएर सदा चिन्तनशील रहने प्राणीलाई मानिस भनिएको हो । मानिसले अपनाउने मार्ग र उसका कर्मले मानिस बनाएको हुुन्छ । त्यसैले मानिस कर्म र चेतनाको रूप हो । यही चेतनाको मार्गबाट सदैव निरन्तरतामा रम्ने मानिस कर्मभोगको भावबाट जीवन भोगिरहेको हुुन्छ । भोग उसको साधन हो साध्य होइन । साध्य चिन्तन, संस्कृति, परम्परा र आदर्श हो । यही आधारमा मानिसमा आफ्नै किसिमका गुुण आएका हुुन्छन् ।

दैवीगुुण :

गीता कौरव र पाण्डव सेना सम्मुुख भएको अवस्थामा आएको ग्रन्थ हो । यसमा विषादमा परेका अर्जुुनलाई कृष्णले मानिसका कर्म र धर्मका बारेमा बताएका छन् । सही कर्मले निरन्तरता पाएमा जीवनका सबै मार्गमा मानिसले सरलता, सबलता र सफलता प्राप्त गरेको हुुन्छ । दैवी प्रवृत्तिका बारेमा कृष्णले अर्जुुनलाई भनेका छन् :

अहिंसा सत्यमक्रोधत्यागः शान्तिरपैशुनम्

दया भूतेष्वलोलुुप्त्वं मार्दवं ह्रीरचापलम् ।

मन, वाणी, शरीरबाट कसैलाई कष्ट नदिनुु, यथार्थ र प्रिय बोल्नुु, आफ्नो अपकार गर्नेमाथि पनि क्रोध नगर्नुु, आफूूले गरेको कर्ममा कर्तापन आउन नदिनुुु, चित्तमा चञ्चलताको अभाव रहनुु, कसैको निन्दा नगर्नुु, सबै प्राणीमा दयाको भाव देखाउनुु, विषयभोग प्रशस्त प्राप्त भए पनि भोगमा नफस्नुु, लोक र शास्त्रविरुद्धको निर्णयमा कहिले पनि नजानुु दैवीगुणको पहिलो आधार हो । यही आधार दिन खोजे कृष्णले अर्जुुनलाई र मोहबाट निकाल्न हरेक प्रयत्न गरे । अन्ततः कृष्णले अर्जुुनलाई मोहबाट निकाले र कर्मक्षेत्रमा प्रवेश गराउन सफल भए ।

अर्जुनको मोहलाई हटाउन दिएका यी प्रवृत्तिले मानिसका भावलाई सदैव मानवीय चेतनाको आधार बनाएको छ । मानिसका सबै कर्म र त्यसले व्यक्त गर्ने भावको आधारमै मानिसले आसुुरी प्रवृत्तिमाथि विजय पाएको हुुन्छ । आसुुरी प्रवृत्तिमाथिको विजय दैवी प्रवृत्तिको उदय हो । यहीँबाट मानिसको जीवनका हरेक क्रिया र त्यसले व्यक्त गर्ने भावको स्वभाव झल्केको पाइन्छ । मानिसले आसुुरी प्रवृत्तिलाई जित्न सदा कर्ममा होमिनुुपर्दछ । मानिसका हरेक क्रियाले उसका भावलाई जीवन्त बनाएको हुुन्छ । मानिस आफैं जीवनको भोगमा निरन्तर रहेको हुुन्छ । यसै प्रवृत्तिका सन्दर्भमा कृष्ण अर्जुुनलाई भन्छन् ः

तेजः क्षमा धृतिः शौचमद्रोहो नातिमानिता

भवन्ति सम्पदं दैवीमभिजातस्य भारत ।

तेज, क्षमा, धैर्य, बाहिरको शुुद्धि, शत्रुुताको अभाव, आफूमा अभिमान नहुुनुु यी सबै दैवी सम्पदाका आधार हुुन् । यी आधार मानिसको जीवनका सबैभन्दा सबल पक्ष हुुन् । यी सबलताबाट मानिस दैवीगुुण सम्पन्न हुुने गर्दछ । दैवीगुुणले मानिसमा सद्भाव, आनन्द र प्रशन्नता दिएका हुुन्छन् । दैवीगुुण मानवीय गुुण हुुन् ।

आसुुरी गुुण :

मानिस आफैंमा असुुर (राक्षस) होइन । उसका कर्मले उसलाई आसुुरी वृत्तिमा ढालेका हुुन्छन् । आसुुरी वृत्तिमा प्रवेश गर्नुलाई मानिसका सबै कर्मको भोग मानिएको छ । यही आसुुरी वृत्तिले मानिसका सबै कर्मको भोगलाई बोकेको हुुन्छ । कृष्ण गीतामा भन्छन् :

दम्भो दर्पोऽभिमानश्च क्रोधः पारुष्यमेव च

अज्ञानं चाभिजातस्य पार्थ संपदमासुुरीम् ।

दम्भ (बोक्रे अभिमान) घमण्ड, अभिमान, क्रोध, कठोरता, अज्ञान यी आसुुरी सम्पदाका लक्षण हुुन् । यी सम्पदाले पूूर्ण मानिसका सबै कर्र्मले उसलाई अहङ्कारी बनाएको हुुन्छ । अभिमानले भरिएको मानिस जीवनका हरेक सन्दर्भलाई भोगका आधारमा भोगेको हुुन्छ । जीवन भोग हो, भोग्नुु धर्म हो भन्ने भावले मानिस सदैव ग्रसित रहेको हुुन्छ । अतः आसुुरी प्रवृत्तिको रूप मानिसका लागि जीवन भोगको साधन बनेको हुुन्छ । त्यसकारण आसुुरी प्रवृत्तिको अन्त्य मानिसमा दैवीगुुण उत्पन्न हुुनुु हो । दैवीगुुण सम्पन्न मानिस नै मानिस हो ।

कृष्णका यी प्रवृत्तिलाई अर्जुुनले अनुुभवमात्र गरेनन् अक्षरशः पालन गरे । त्यसैले उनले महाभारतमा विजय प्राप्त गरे । मानिसले आज संसार जित्न खोजेको छ । उसले यान्त्रिक तरिकाले संसारलाई आफ्नो बनाउन खोजको छ । ऊ सफल पनि भएको छ । प्रकृतिप्रतिको आक्रमणले उसलाई कतिपय अवस्थामा अन्यमनस्क बनाएको छ । यो प्रकृतिप्रतिको आक्रमण कहिले नहोस् भन्ने कामनाका साथ आफ्ना कर्मप्रति सचेत रहेमा मानवीय गुणले सम्पन्न मानिस संसारको जीवन्त र बलवान् प्राणी हो । मानिसका यी सबै क्रिया र उसले दिएका वैज्ञानिक सम्पन्नता जीवनका आधार बनेका छन् । यही आधार जीवन बनोस् ।

दशैँ :

आराधना, उपासना र शक्ति प्राप्त गर्ने आधार हो दशैँ । मानिसमा विद्यमान रहेका सबै आसुुुरी प्रवृत्तिको अन्त्य र दैवीप्रवृत्तिको आगमन हो दशैँ । यो पर्व सनातन परम्पराको एउटा आधार हो । ईश्वरीय उपासनाभन्दा पनि शक्तिको उपासनाले आसुुरी प्रवृत्तिको अन्त्य चाहेको छ समाजले । समाज जीवन्त बन्न र मानिस मानिस बन्नका लागि सदैव मानवीय चेतनाको सन्दर्भ महŒवका साथ आएको हुुन्छ । 

भवानीको उपासना र मान्यजनबाट ग्रहण गरिने आशीषले जीवनका हरेक सन्दर्भ सहज, स्वाभाविक बनूून् । दैवीगुुुणले दिने सत्यलार्ई मानिसले सदा जीवनको आधार बनाओस् । मानिस बाँच्न सिकोस्, कर्म गर्न जानोस्, जीवनलाई सहज बनाउन सकोस्, चेतनाको विकासमा क्रियाशील बनोस्, जीवनका हरेक क्रियालाई सहज र अभिव्यक्तिको माध्यम बनाओस् । उसले जीवनलाई क्रियात्मक रूपमा परिवर्तन गरोस् । यही सम्पदा प्राप्त होस् मानिसलाई ।

सधैं भाग्नुु र सदा जीवनका क्रियालाई जीवन्त राख्नुु मानिसको चेतना हो । यही चेतनाले उसलाई कर्मको बाटोमा अभिप्रेरित बनाएको हुुन्छ । यही चेतनाको भावलाई उसले जीवनको आधार बनाएको हुुन्छ । चेतनाको आधारमा रहेर जीवन मार्गलाई कर्मद्वारा सहज बनाउन सक्नुु नै मानिसको जीवनवृत्त बनोस् । 

असत्यमाथि सत्यको विजय हो दशैँ । सदा सत्यको विजय मानेर असत्यलाई परास्त गर्नु मानिसको गुुण हुुनुु आवश्यक मानिन्छ । सत्यको आधार र जीवनलाई एकसूूत्रमा बाँधेर गतिशील बनेको मानिस सदा कर्मप्रति सचेत, जीवनप्रति आशावादी, संस्कारप्रति चिन्तनशील, मानवताप्रति अभिप्ररित, यान्त्रिकताप्रति संवेदनशील बनोस् । मानिसका कर्मले संस्कार नकुुल्चून्, चेतनालाई समाप्त नगरून्, भावनाको कदरमा सदैव निष्क्रिय नबनोस् । मानिसको चेतनाको विकासले भौतिक विकासको मार्गलाई अवरोध नगरोस् । 

रामले रावणमाथि विजय पाए । भगवतीले आसुुरी प्रवृत्तिमाथि विजय पाइन् । यो विजय सत्य र चेतनाको थियो । मानिसका सबै क्रिया र भावको थियो । आसुरी प्रवृत्तिको अन्त्यले देखाएको बाटोमा जुुन क्रिया देखापरेको छ त्यसले हामी र हाम्रा प्रवृत्तिलाई निरन्तरता दिएको छ । 

वर्तमान :

आज हामीसित वर्तमान छ । विगत (भूत) हामीलाई छोडेर गयो । आगत (भविष्य) हामीसित छैन । वर्तमान उभिएको छ हामीलाई हेरेर । हामीले गर्ने कर्मलाई हेरर, जीवनयात्राका सन्दर्भलाई हेरेर आजको युुगलाई जसरी मानिसले भोगेको छ त्यो वर्तमान हो । वर्तमानको भावलाई सदा मानवीय कर्मबाट जीवन्त बनाउन सकियो भने देश बन्नेछ । हामी बन्नेछौँ र बन्नेछ भविष्यको पुुस्ता । 

दैवीगुुण सम्पन्न बनेर देशको विकासमा सदैव लागि पर्ने देशका सबै मानिसलाई जीवनबोध बनोस् । राज्य सञ्चालकका सबै कर्म देशको हितका लागि बनूून् । व्यक्तिगत स्वार्थमा डुबेर देशलाई कङ्गाल बनाउने अवसर प्राप्त नहोस् । हामी नेपालीका भावनाले सदा देशलाई जीवनको आधार बनाऊन् । सबैका कर्मले देशको हित गरोस् । वर्तमान पुुस्ता र आउने पुुस्ता सदा गर्व गरोस् देश र आफ्ना लागि । यही आशीष यो अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीबाट प्राप्त होस् ।


Top