हिमालय टाइम्स चितवन । एकिकृत अखिल नेपाल शिक्षक संगठन चितवनको अध्यक्षमा पुनः हरिशचन्द्र सुवेदी निर्वा्चित भएका छन् ।
शनिवार सम्पन्न आठौं जिल्ला सम्मेलनले सुवेदीको अध्यक्षतामा ३० सदस्यीय जिल्ला समिति गठन गरेकोे हो ।
संगठनको उपाध्यक्षमा क्रमश हरिकृष्ण चापागाई, रमेश अधिकारी, दुर्गा रामजी, निलहरी थापा र महिला उपाध्यक्षमा गायत्री शर्मालाई चयन गरिएको छ ।
यस्तै, संगठनको सचिवमा भूपति दाहाल, सह–सचिवमा भिम बहादुर केसी, सीता रेग्मी काफ्ले, पवन बराल चयन भएका छन् ।
Views: 395