फोटोफिचरमा महत्वपूर्ण चाड तीज मनाउँदै हिन्दु नेपाली महिला

हिमालय टाइम्स   POSTED ON : भदौ २४, २०७८ (३:५९ PM)

फोटोफिचरमा महत्वपूर्ण चाड तीज मनाउँदै हिन्दु नेपाली महिला

काठमाडौं । हिन्दू नेपाली महिलाहरूले आज महत्वपूर्ण चाड तीज मनाउँदै छन् । यो पर्वमा भदौ महिनाको शुक्ल पक्षको प्रतिपदाका दिन आफ्ना चेलीबेटीहरूलाई बोलाई द्वितीयाको दिन आफ्नो सामथ्र्यअनुसार मिठा–मिठा खाद्यवस्तुहरू तयार गरिन्छ र प्रेमपूर्वक उनीहरूलाई खुवाइन्छ । भाद्र महिनाको शुक्लपक्षको तृतीयाको दिन तीज हो । प्रतिपदाबाट पञ्चमीसम्मका दिनलाई समन्वितरूपमा तिज भने पनि खास तीज चाँहि यसै दिनलाई मानिन्छ । यो दिन महिलाहरू निराहर व्रत बस्छन् ।

भगवान् शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।

साउने संक्रान्तिदेखि तीजको रौनक सुरु हुने गर्दछ । तीजमा खासगरी भगवान् शिवको आराधना गरिन्छ । यसको अर्को पक्ष नाचगान र मनोरञ्जन हो । नेपालका प्रायः सबै समुदायका महिलाहरूले मनाउने साझा पर्वका रूपमा विकास भइरहेको पर्व हो तीज ।



Top