टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)

हिमालय टाइम्स   POSTED ON : आश्विन ३, २०७८ (१२:४४ PM)

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)

काठमाडौं । नेपालको संविधान जारी भएको ६ वर्ष पूरा गरेर आजबाट सातौँ वर्ष लागेको छ । झण्डै ७० वर्षसम्म संविधानसभाबाट संविधान बनाउने राजनीतिक लक्ष्य प्राप्तिका लागि यसबीचमा थुप्रै आन्दोलन पनि भएका थिए ।

  ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर  टुँडिखेलमा मनाइएको छ । 

टुँडिखेलमा भएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नीप्रसाद सापकोटा, प्रधान्यायधिश चोलेन्द्र शमशेर जबरा लगायत संवैधानिक अंगका पदाधिकारी उपस्थित हुनु हुन्थ्यो ।

नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो । 

संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको हो ।

हेर्नुहोस फोटोहरुमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

फोटो–नवराज श्रेष्ठ
Top