राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्तिपीठहरुको दर्शन (फोटोफिचर)

हिमालय टाइम्स   POSTED ON : आश्विन २७, २०७८ (६:१६ PM)

राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्तिपीठहरुको दर्शन (फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शक्तिपीठहरुको पूजा अर्चना गर्नुभएको छ । 

बुधवार अपरान्ह ४ बजेदेखि राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठहरुमा पूजा आराधना गर्नुभएको हो । उहाँले काठमाडौं उपत्यकाका नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, शंकटा, नरदेवी, इन्द्रयाणी र शोभाभगवतीको दर्शन गर्नुभएको हो । नेपालीहरुको महान चाड विजया दशमी (बडा दशैँ) को आठौं (महाष्टमी) दिन बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीमा समेत पूजा अर्चना गर्नुभएको थियो । 

महाष्टमीका दिन विशेष पूजाअर्चना गरिन्छ भने मध्यराती बलि दिने र कालरात्रीको पूजा गर्ने चलन छ ।




Top