सर्वोच्च अदालतमा नेपाल बार एसोसिएसनको धर्ना (तस्वीरमा)

हिमालय टाइम्स   POSTED ON : कार्तिक २८, २०७८ (२:३१ PM)

सर्वोच्च अदालतमा नेपाल बार एसोसिएसनको धर्ना (तस्वीरमा)

काठमाडौं । नेपाल बार एसोसिएसनका कानुन व्यवसायीहरुले आइतबार पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका छन् । 

उक्त कार्यकक्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्युत गर्नुपर्ने अपरिहार्यता रहेको बताउनुभएको छ । 

 सर्वोच्च अदालतमा धर्ना दिनुअघि नेपाल बार एसोसिएसनको भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई पदच्युत गर्नुपर्ने अपरिहार्य अवस्थामा पुगिएको बताउनुभएको हो । जबरा रहुञ्जेल न्यायपालिकालाई सुधार गर्न नसकिने भएकोले बारले राजीनामा माग गरिररहेको र राजीनामा नआएमा पदच्युत गर्नुपर्ने अवस्था आउनसक्ने उहाँले बताउनुभयो । प्रधानन्यायाधीश जबराले न्यायमा विचलन ल्याइ न्याय प्रशासनलाई बर्बाद बनाएको उहाँको आरोप छ । 

तस्वीरहरु















Top