पतञ्जलि योगपीठ नेपालअन्तर्गत टिभी उद्घाटनमा रामदेवसहित नेताहरु (फोटोफिचर)

हिमालय टाइम्स   POSTED ON : मंसिर ३, २०७८ (२:५० PM)

पतञ्जलि योगपीठ नेपालअन्तर्गत टिभी उद्घाटनमा रामदेवसहित नेताहरु (फोटोफिचर)

काठमाडौं । भारतीय योगगुरु बाबा रामदेवले नेपालमा दुई टेलिभिजनको उद्घाटन गर्नुभएको छ । 

रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी शुक्रबार उद्घाटन भएको हो ।

राजधानीको मन्डिखाटारमा आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजनको उद्घाटन गर्नुभएको थियोा ।

उक्त कार्यक्रममा प्रधानमन्त्री देउवासहित गठबन्धनका नेताहरु माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवसहित विभिन्न दलका नेताहरु सहभागी छन् ।


Top