प्रधान्यायाधीशको राजीनामा माग्दै मार्च पास (तस्वीरसहित)

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (४:२८ PM)

 प्रधान्यायाधीशको राजीनामा माग्दै मार्च पास (तस्वीरसहित)

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियशनले मार्च पास गरेको छ ।

बिहीबार नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एशोसिएसन र बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरे हो ।

उनीहरुले अदालत भित्रका विचौलियाहरु होसियार, विवादित र भ्रष्ट प्रधानन्यायाधी राजीनामा दे, जस्ता नारा लगाएका छन् ।

प्रधानन्यायाधीश राणाको राजीनामाका लागि दबाब र राजनीतिक दलहरुका लागि महाअभियोग दर्ता गर्न दबाब दिने उद्देश्यले मार्चपास गर्दै ज्ञापनपत्रसम्म बुझाउने बारले जनाएको छ।


Top