तस्वीरमा एमालेको १०औं राष्ट्रिय महाधिवेशन

हिमालय टाइम्स   POSTED ON : मंसिर १०, २०७८ (५:५८ PM)

तस्वीरमा एमालेको १०औं राष्ट्रिय महाधिवेशन

चितवन ।  नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ । 

आज एक भव्य समारोह आयोजना गरेर एमालेले उद्घाटन सत्र सम्पन्न गरेको छ । उद्घाटन समारोहमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर  लगायत नेताले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

बन्द सत्र भोलि शनिबार सुरु हुनेछ । आइतबार महाधिवेशन सक्ने एमालेको तयारी छ । एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित (पछि मनोनीत सदस्यसहित) केन्द्रीय कमिटीको अन्तिम बैठक पनि आजै बस्दैछ ।

देशभरबाट करिव ५ लाख जनसहभागिता हुने आँकलन गरिएको उद्घाटन कार्यक्रममा १० लाख जनसहभागिता रहेको एमालेले अनौपचारिक रुपमा बताएको छ । 

हेर्नुहोस् तस्वीर

















Top