तस्वीरहरुमा माओवादी केन्द्रको महाधिवेशन उद्घाटन शत्र

हिमालय टाइम्स   POSTED ON : पुष ११, २०७८ (४:२३ PM)

तस्वीरहरुमा माओवादी केन्द्रको महाधिवेशन उद्घाटन शत्र

काठमाडौं ।  नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को ‘ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ नेकपा(माओवादी केन्द्र)को आठौँ महाविधेशनको उद्घाटन सत्रको कार्यक्रम सुरु भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ त्से तुङको स्मृति दिवसको अवसर पारेर माओवादीले महाधिवेशनको आयोजना गरेको हो । कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन सत्रको कार्यक्रम सुरु भएको हो ।

प्रज्ञा–प्रतिष्ठान परिसरमा माओवादीका सयौँ नेता तथा कार्यकर्ताको उपस्थिति छ । 

साँघुरो ठाउँमा धेरै नेता तथा कार्यकर्ता उपस्थित हुँदा व्यवस्थापनमा हम्मेहम्मे परेको छ । उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिति छ ।

 यस्तै राप्रपाका महामन्त्री कुन्ती शाही उपस्थित हुनुहुन्छ ।

महाधिवेशनस्थल प्रज्ञाभवन परिसरमा नेता, सर्वसाधारण, कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थिति छ ।

हेर्नुहोस् फोटोहरुमा













Top