टुँडिखेलमा हर्षोल्लासका साथ मनाइयो तमु ल्होसार (फोटोफिचर)

हिमालय टाइम्स   POSTED ON : पुष १५, २०७८ (६:०८ PM)

 टुँडिखेलमा हर्षोल्लासका साथ मनाइयो तमु ल्होसार  (फोटोफिचर)

काठमाडौं ।  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाइयो ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । 

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । 

तमु ल्होसार पर्व काठमाडौंको टुँडिखेलमा हर्षोल्लासका साथ मनाइएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले तमू समुदायको भाषा, संस्कृति र सभ्यताको संरक्षण एवं सम्बद्र्धन गर्न नेपाल सरकारले सक्दो सहयोग गर्ने बताउनु भएको थियो ।

 तमू ल्होसार २०७८ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यस पर्वले तमू/गुरुङ समुदायहरू र विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।  


तस्वीरहरु




Top