आहा लेते ! (फोटो फिचर)

ध्रुबसागर शर्मा   POSTED ON : पुष १८, २०७८ (१:४९ PM)

 आहा लेते ! (फोटो फिचर)

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङको सुन्दर वस्ती हो लेते । हिमाल देख्न मात्रै होइन हातैले छुन सकिन्छ कि झैं लाग्ने लेतेबाट हिमश्रृङ्खलाहरुको स्निग्ध सौन्दर्य, कालीगण्डकीको निर्मल जल प्रवाह र विकास तथा सभ्यताको मोहनी पनि देख्न सकिन्छ ।

लेतेको तीनवटै मोहोडाबाट हिमाल नजिकै देखिन्छन् । गत मंगलवार राति र बुधबार दिनभरी परेको हिमपातका कारण लेतेको सौन्दर्य झन निखारिएको छ । कालोपत्रे गरिएको चिटिक्कको सडकमा चाँदीको रास लगाएजस्तै गरी परेको हिउँले यहाँ पुग्ने पर्यटकहरुलाई मुग्ध बनाउने गर्दछ ।

सुविधा सम्पन्न,सफा र चिटिक्कपरेका होटल,आत्मियता प्रर्दशन गर्न खप्पिस होटल संचालक र वेटर तथा स्थानीय परिकारको हिमाली स्वादले यहाँ पुग्ने जो कोहीलाई पनि नयाँ अनुभूति दिलाउने गर्दछ ।

जहाँ मान्छे हाँस्दा हाँसेजस्तै देखिन्छन् हिमाल । नदी,सडक र समग्र प्रकृति नै मुस्कुराए जस्तो देखिन्छ । थुम्का थुम्कामा देवताको वास र घर घरमा पाहुनाको स्वागत हुने ठाउँ हो लेते । जहाँ हास्छन देबता र मुस्कुराउँछन् देवीहरु । रमाउछन् पाहुना र कमाउछन् मान्छेहरु । त्यस्तो ठाउँ हो लेते ।

तस्वीरमा प्रस्तुत छ लेतेको सौन्दर्य ।











Top