सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै खोप लगाउनेको भीड (तस्वीरसहित)

हिमालय टाइम्स   POSTED ON : पुष २९, २०७८ (३:१३ PM)

सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै खोप लगाउनेको भीड (तस्वीरसहित)

काठमाडौं । माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ । 

काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने आदेश गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको भीड बढेको छ । 

काठमाडौंका विभिन्न खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड उल्लेख्य मात्रामा बढेको हो । बिहीवार टेकु अस्पतालमा धेरै भीड देखियो । खोप लगाउनेहरुको भीडले जनस्वास्थ्यको मापदण्ड तथा भौतिक दुरी समेत कायम गर्न नसकेको दृश्य स्पष्ट देखिन्थ्यो । 

टेकु अस्पताल परिसर भन्दा बाहिर सडक सम्मै खोप लगाउनेहरुको लाइन थियो ।


Top