30th September | 2020 | Wednesday | 2:01:09 PM

नेकपा सचिवालय बैठक स्थगित

  POSTED ON : मंसिर २७, २०७६ (१:१३ PM)

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको आजका लागि तय गरिएको बैठक स्थगन गरिएको छ । 

यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो । नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ । स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते ११ बजेका लागि तोकिएको छ । रासस


Views: 212