4th August | 2020 | Tuesday | 7:50:28 AM

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २, २०७६ (२:१२ PM)

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित

काठमाडौं  । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आज हुने भनिएको सम्बोधन स्थगित भएको छ । शुक्रबार २ बजे प्रतिनिधिसभा बैठकमा हुने भनिएको सम्बोधन शनिबारको लागि सारिएको छ ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि आजको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ ।

आज  प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सरकारको दुई वर्षे कार्यकालका उपलब्धि जानकारी गराउन सम्बोधन गर्ने तयारी भएको थियो ।

उपाध्यायको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट थलिएका थिए ।


Views: 156