15th August | 2020 | Saturday | 7:03:21 PM

भूटानी शरणार्थीले मुक्ति पाए – प्रधानमन्त्री

  POSTED ON : फाल्गुन ४, २०७६ (६:४८ PM)

भूटानी शरणार्थीले मुक्ति पाए – प्रधानमन्त्री

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो देश पुनर्वासले नेपाली भाषी भूटानी शरणार्थीले कष्टकर जीवनबाट मुक्ति पाएको बताएका छन् । झापाको दमकमा आज आयोजित एक कार्यक्रममा उनले तेस्रो मुलुक पुर्नावासले भूटानी शरणार्थीलाई सुखी बनाएको बताए ।

तेस्रो देश पुनर्वासको पहल थाल्दा कतिपयले विरोध गरेको स्मरण गर्दै उनले अहिले विभिन्न सम्पन्न मुलुकमा पुगेका शरणार्थीको जीवनस्तर उक्सिएको बताए ।

विभिन्न दाताले दिएको भरमा जीवन चलाउनुपर्ने बाध्यताबाट शरणार्थीले मुक्ति पाएको भन्दै उनले जीवनस्तर सहज बनेपछि र तिनका सन्तानले राम्रो शिक्षा पाएपछि आप्mनो मुलुक फर्किने प्रक्रिया आपैmँ शुरु गर्नसक्ने अवस्था आउने बताए ।

पहिला भूटानी शरणार्थी शिविर रहेकै ठाउँमा बनाइएको मञ्चबाट सम्बोधन गर्दै उनले तेस्रो देश गएर बाँकी रहेका शरणार्थीको पनि दिगो समाधान गर्न सरकार लागिरहेको बताए । रासस


Views: 71