15th August | 2020 | Saturday | 8:06:27 PM

तेश्रो चरणको दादुरा–रुवेला खोप मायादेविबाट सुरु

चन्द्रकान्त खनाल   POSTED ON : फाल्गुन १६, २०७६ (६:१५ PM)

तेश्रो चरणको दादुरा–रुवेला खोप मायादेविबाट सुरु

रुपन्देही । रुपन्देहीका सात गाउँपालिका आजदेखी तेश्रो चरणको दादुरा रुवेला खोपअभियान सुरु भएको छ । तेश्रो चरणको अभियान मायादेवि गाउँपालिकाबाट सुरु गरिएको हो । अभियानको मायादेबि गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरी जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले पोलियो थोपा खुवाएर शुभारम्भ गरे ।

मायादेवि गाउँपालिका वडा नं ८ का अध्यक्ष चोकबहादुर थापाको अध्यक्षतामा  गाउँपालिका अध्यक्ष ध्रुर्वनारायण चौधरीको प्रमुख आतिथ्यमा भएको अभियानमा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरी मायादेवि गाउँपालिका प्रमुख प्रशाशकीय अधिकृत बिष्णु ढुगाना लगायतले बोल्दै यो अभियानलाई सबैको सहयोग आवश्यक रहेको बताउँदै बालवालिकालाई खोप लगाउनबाट बञ्चित नगराउन आग्रह गरे ।

मायादेवि गाउँपालिकाको वडा नं ८ को  उचमी केन्द्रबाट पोलियो खुवाएर अभियान सुरु गरिएको मायादेबि गाउँपालिका स्वास्थ्य संयोजक भाष्कर आत्रेयले बताए । गाउँपालिकामा ५ ठाउमा ६९ सय वालवालिका यो अभियान सुरु भएको बताए । 

उचमी सेमरा धमैली सुकेली बरेवा गरि ५ ठाउँबाट सुरु भएको बताए । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले पहिलो चरणमा ४७ हजारमा खोप लगाउने तारगेट भएपनि ५१ हजार भन्दा बढी बालबावालिकाले  खोप लगाएको बताए ।

दोश्रो चरको भोली १७ गतेसम्म र तेश्रो अन्तिम आज मायादेविबाट सुरु गरिएको  शर्माले बताए । रुपन्देहीमा १ लाख ९ हजार ७ सय ९९ जना बालबालिका यो दादुरारुवेला खोप लगाईने बताए ।


Views: 180