1st October | 2020 | Thursday | 1:59:16 AM

लकडाउनको समयमा दाहालको भिडियो सन्देश

हिमालय टाइम्स   POSTED ON : चैत्र १५, २०७६ (२:५७ PM)

लकडाउनको समयमा दाहालको भिडियो सन्देश

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वयंसेवी बन्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
सरकारद्वारा जारी ‘लकडाउन’ पालना गर्दै घरमै बसिरहनु भएका दाहालले भिडियो सन्देशमार्फत् सावधानीपूर्वक स्वयंसेवीको भूमिका निर्वाहमा नेतृत्व गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको हो । ‘विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रूपमा सचेत गराइरहेका बेला म नेपाल सरकार, प्रदेश र स्थानीय तहका सरकार तथा नेकपाका सबै तहका नेता कार्यकर्ता र सदस्यहरूलाई स्वयंसेवीका रूपमा यस संक्रमणविरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व गर्न आग्रह गर्दछु,’ उहाँले भिडियो सन्देशमा भन्नुभएको छ । सचेत नागरिक, आम सञ्चारमाध्यमको जिम्मेवारीपूर्ण आधिकारिक सूचनाले नै जोखिममा पर्नबाट जोगिन सकिन्छ भन्ने तथ्यलाई गहिरोगरी आत्मसात गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । दाहालले कोभिड–१९ का विरुद्ध विजय प्राप्त गर्न नेपाल सरकार, विश्व स्वास्थ्य संगठनलेजारी गरेका निर्देशन, आचारसंहिता पालना गर्न पनि आग्रह गर्नुभएको छ ।
सबै नागरिकलाई घरमै बसेर आफ्नो, देश र दुनियाँभरको अमूल्य जीवनको रक्षा गर्नसमेत दाहालले अपिल गर्नुभएको छ ।

Views: 325