15th July | 2020 | Wednesday | 2:51:31 PM

काँग्रेस केन्द्रीय समितिको बैठक शनिबार

रासस   POSTED ON : जेठ १५, २०७७ (१:४० PM)

काँग्रेस केन्द्रीय समितिको बैठक शनिबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही जेठ १७ गते दिउँसो १ बजे बस्ने बैठकमा सो प्रस्ताव सम्बन्धमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यही जेठ ११ गतेको काँग्रेस केन्द्रीय पदाधिकारी बैठकले सरकारद्वारा संसद्मा प्रस्तुत सो प्रस्तावमा आवश्यक निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार केन्द्रीय समिति बैठक बोलाइएको हो । सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि यही जेठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान ९दोस्रो संशोधन०, २०७७’ विधेयक दर्ता गराएको थियो । 

Views: 112