10th August | 2020 | Monday | 5:41:58 PM

कम्युनिष्ट पार्टीका रोवोर्टहरू र तारुकाको साँढे जुधाइ

पुरुषोत्तम दाहाल   POSTED ON : असार २४, २०७७ (१:१२ AM)

कम्युनिष्ट पार्टीका रोवोर्टहरू र तारुकाको साँढे जुधाइ

अहिले नेपाल नामको यस देशमा कम्युनिष्ट पार्टीका दुई नेताहरूको तारुका शैलीमा साँढे जुधाइकोे लीला मञ्चन भइरहेको छ । नुवाकोटको तारुकामा कुनै समय भान्जा जयपृथ्वीबहादुरलाई खुसी पार्न मामाहरूले साँढे जुझाएका थिए र त्यसको स्मृतिस्वरूप प्रत्येक माघ १ गते त्यहाँ साँढे कुस्ती हुने गर्दछ । अहिले नेकपाको त्यस्तै साँढे कुस्तीले मानिसहरूलाई मनोरञ्जन होइन वमन गराउन लागेको छ ।

नीलो रंगमा पोतिएको स्यालले आफूलाई ईश्वरको प्रतिनिधि बताउँदै जंगलमा केही समय राज गरे जस्तै अहिले गरिब, सर्वहारा, राष्ट्रवाद अनेकका नाममा शासनमा पुगेको कम्युनिष्ट पार्टीका यी नायकहरू ओली र दाहालको भद्दा खेल हेर्न जनता विवश जति छन् रोवोर्ट जस्ता कार्यकर्ताहरू उनीहरूका भित्री निर्देशहरूलाई यो वा त्यो रूपमा प्रयोग गरिरहेका छन् । कम्युनिष्ट पार्टी यसै पनि रोवोर्टहरूको जमघट जस्तै हुने गर्दछ । आफूले मानेको नेताले जे भन्यो त्यही नै अन्तिम आदेश र सत्य मानिन्छ । 

मानिसमा आफ्नो विचार प्रस्तुत गर्ने वा अरू कसैका विचारको स्वतन्त्र विश्लेषण गर्ने सामथ्र्य हुन्छ । जब आफ्नो विचारसामथ्र्यलाई कसैका विचारको पूर्णबन्दी बनाउने काम गरिन्छ त्यस समयमा मानिस राबोर्टमा परिणत हुन्छ । कम्युनिष्ट पार्टीमा लाग्नेहरू फेदविचारको बन्दी हुन्छन् र उनीहरूमा स्वतन्त्र विश्लेषणको चेत हुँदैन, देखिँदैन । उनीहरू प्रत्येक विषयवस्तुलाई तुरून्त मार्क्स्विचार, लेनिनविचार र माओविचारका आधारमा परिभाषित गर्न आतुर हुन्छन् र तीबाहेक अरू कुनै दर्शन, सिद्धान्त, विचार, नीति र व्यवहार विरूद्ध आफूलाई अग्रसर बनाउने गर्दछन् । 

अनि उनीहरूले समर्थन गरेको विचार, पार्टी, शक्ति, राष्ट्र, नेता जसकसैका पक्षमा आँखा चिम्लेर समर्थन जनाउने र त्यस विरूद्ध बोल्नेहरूको खोइरो खन्ने, भ्रान्त कुराबाट दिग्भ्रमित तुल्याउने गरिरहेकै हुन्छन् । अंग्रेजी साम्राज्यवादविरूद्ध गान्धीले सन् १९४२ मा चलाएको भारत छोडो आन्दोलनविरूद्ध भारतीय कम्युनिष्ट पार्टीले काम ग-यो र साम्राज्यवादी अंग्रेज शासनलाई सहयोग ग-यो, यसलाई पनि सही ठान्छन् कम्युनिष्टहरू । सन् १९७९ मा कम्युनिष्ट चीनले पाठ सिकाउन भन्दै अर्को कम्युनिष्ट देश भियतनाममाथि भयानक आक्रमण ग-यो त्यसलाई माओ समर्थकहरूले सही माने ।

विश्वका मजदूर एक होऔं भन्नेहरूमध्येको सर्वहारा वर्गको नेतृत्वमा रहेको एक राष्ट्रले अर्को सर्वहारा वर्गमाथि गरेको आक्रमण पनि ठीक भन्छन् कम्युनिष्ट पार्टीकै सदस्यहरू । किनकि, उनीहरूले नेता मानेको देशले अर्को देशलाई आक्रमण गरेको हो अरूले होइन । तत्कालीन सोभियत रूसले अफगानिस्तानमा सैनिक हस्तक्षेप ग-यो त्यसलाई ठीक मान्नेहरू दुई दशकपछि अमेरिकी सेना काबुल छिर्दा साम्राज्यवादी आक्रमण देख्ने गर्दछन् । कम्बोडियामा राजालाई अपदस्त गरी पोलपोटको कम्युनिष्ट सत्ता सुरू भयो तर कम्युनिष्ट चीनले राजा सिंहानुकलाई शरण दियो र पुनः राज्यारोहण गरायो । 

कम्युनिष्ट पोलपोटले राजालाई हटाएकोमा ठीक भन्ने कम्युष्टिहरू चीनको सहयोगमा पुनः राजाको राज्याभिषेक हुँदा पनि प्रसन्न भए । नेपालमा अहिले लोकतन्त्रको अभ्यास चलिरहेको छ, लोकतन्त्रको संस्कृति कसरी स्थापित गर्ने त्यता चिन्ता छैन कम्युनिष्ट पार्टीको सरकार र कार्यकर्ताहरूमा । तर, भेनेजुयलामा कम्युनिष्ट नेतृत्व टिकाउने चिन्ता र चासो प्रकट गरिरहेका हुन्छन् । एकदेश दुई राज्यप्रणालीमा संसारसामु वचनबद्ध चीनले हङकङमा लगाएको कठोर सुरक्षा कानुनको समर्थन गर्नमा लोकतन्त्रबाट निर्वाचित सरकार सक्रिय हुन्छ । त्यहाँ बसोबास गरिरहेका नेपाली मूलकासहित आमनागरिकहरू त्यस कठोर कानुनको बज्रप्रहारविरूद्ध आवाज उठाइरहेका छन् । 

त्यस कठोर कानुनको कठघरामा कति हङकङ निवासीहरू भविष्यमा शहादत हुने हुन् भन्न सकिँदैन । तैपनि, नेपालका कम्युनिष्ट सरकार र पार्टी कठोर कानुनका पक्षमा हुनपुग्यो । लोकतन्त्रको उपयोग गर्दै लोकतन्त्रका मूल्यमाथि प्रहार केन्द्रित गर्ने यस्तो अराजनीतिक र अनैतिक कृत्यको समेत कम्युनिष्ट पार्टीका सदस्यहरू समर्थन गरिरहेका हुन्छन् । यो घोर विडम्वना नै हो ।

म यतिखेर समाजशास्त्री प्रा.डा. चैतन्य मिश्रको पुस्तक ‘लोकतन्त्र र आजको माक्सर््वाद’ पढिरहेको छु । उहाँ माक्सर््वादी साहित्यको स्कुलबाट अत्यधिक प्रभावित हुनुहुन्थ्यो भनेर मैले निकै पहिलेदेखि चिनेको हूँ । लक्डाउनले मलाई यो पटक पुस्तकप्रतिको मोह थप गरायो । एकप्रकारले लकडाउन मेरा लागि घाटाको विषय भएन । करिब चार सय पृष्टको यो पुस्तकको मूलविषय समाज, राजनीतिक र आर्थिक प्रणाली रहेका छन् । पुस्तकको सम्पादन अर्का माक्सर््वादी लेखक राजेन्द्र महर्जनले गर्नुभएको छ । 

यद्यपि धेरै कम्युनिष्ट लेखक र बुद्धिजीवी आफूलाई प्रगतिशील भन्ने शब्दावलीको सहयोगमा आफ्नो परिचय दिने गर्नुहुन्छ । कमसेकम म जस्ता स्वतन्त्रताकालागि उभिने लेखकहरू यस कुरासँग गहिरो मतभेद राख्दछौँ । हरेक लेखक त्यस समयको प्रगतिशील नै हुन्छ । प्रगतिशीलता अनवरत प्रक्रिया हो, यसको कुनै सीमा र अवरोध हुनसक्दैन । डार्बिनको विकासवादी चिन्तन वा माक्र्सको द्वन्द्वात्मक भौतिकवादको अनुशरण गर्नेहरूमात्रै प्रगतिशील देख्नु एकांगी रोबोर्ट चिन्तन र परिचय हो भन्ने मेरो मान्यता छ । यसबारे कुनै अरू समयमा वहस गर्न सकिने छ । आज डा. मिश्रको ‘लोकतन्त्र र आजको माक्र्सवाद’ को सारांशतिर लागौँ ।

माक्र्सवादी स्कुलबाट दीक्षित डा. मिश्रले समाजशास्त्रमा मात्र होइन उहाँले प्राज्ञिक, अनुसन्धानका क्षेत्रमा पु¥याउनु भएको योगदानको प्रशंसा सबैले गर्दछन् । ‘लोकतन्त्र र आजको मक्र्सवाद’ को पहिलो लेखकीय चरणमा उहाँ पनि अरू कम्युनिष्ट विद्वानजस्तै देखिनुहुन्छ । तर, जब उमेरले, अनुसन्धान, ज्ञान र अनुभवले परिपक्व हुँदै जानुभयो त्यसपछिका आलेखहरूमा डा. मिश्र यसरी खुल्नुभएको छ कि करिब बिपी कोइरालाको जस्तो विचारनिष्कर्षको नजिक पुग्नुभएको छ । अरूले कसरी बुझ्नु हुन्छ मलाई थाहा छैन तर मैले डा. मिश्रको निष्कर्षलाई ‘द गड द्याट् फेल्ड्’ का लुइस फिसर, स्टिफेन स्पेनडरसहितका लेखकहरू समान बुझ्न पुगेँ । उनीहरू पनि तीन दशकसम्म ‘द गड्’ मान्दै साम्यवादी दर्शनको प्रचारमा जुटेपछि अन्ततः ‘द्याट् फेल्ड’ भन्न पुगेँ । 

नेपालमा यस्ता अनेक उदाहरण छन् । रूपलाल विश्वकर्माले जीवनको अधिकतम ऊर्जा कम्युनिष्ट आन्दोलनका लागि खर्च गरे पनि अन्तिममा भन्नुभयो ः कम्युनिष्ट आन्दोलनविपरीतहरूको समरूपताको वैज्ञानिक समायोजन  र प्रयोग गर्न असफल भएको छ’ । करिब चार दशकसम्म कम्युनिष्ट आन्दोलनमा समर्पित भएर प्रधानमन्त्री हुनुभएका डा. बाबुराम भट्टराई पनि माक्र्सवादको औचित्य समाप्त भएको निष्कर्षका साथ अलग पार्टी विकास गरिरहनुभएको छ । एकताका कम्युनिष्ट आन्दोलनमा नेल्शन मण्डेला भनी बहुप्रचारित मोहनचन्द्र अधिकारी यतिखेर आध्यात्मिक साधनामा लाग्नुभएको छ । डा. मिश्रको गहन अध्ययन र अनुसन्धानपछिको निष्कर्ष पनि करिब यस्तै छ । 

‘नभएको माक्र्सवाद पढिएछ’ शीर्षकको ‘अन्धताबाट उज्यालोतिर’ उपशीर्षकमा डा. मिश्र लेख्नुहुन्छ ः अहिले सम्झदा लाग्छ, जीवनको एउटा कालखण्डमा अत्यन्तै ‘सोभियताइज्ड’ र ‘माओवाइज्ड’ माक्र्सवाद पढिएछ । रूस र चीनको आँखाबाट माक्र्सवाद पढिएछ । लेनिन र माओका आँखाबाट पढिएछ तर माक्र्सकै आँखाबाट चाहिँ कम पढिएछ । माक्र्सले लेखिने जति पुस्तक थिए, सोभियत संघ र चीनबाट छापिएका थिए । त्यसैले अलि अलि जालझेल त्यहीँ भएछ । उहाँ अर्को पंक्तिमा लेख्नुहुन्छ ः त्यसपछि सोभियत, चीन अनि यहाँको कम्युनिष्ट पार्टीका साहित्य पढियो । त्यो अध्ययन यस्तो विकृत ढाँचामा गरिएछ, नभएको माक्सवाद पढिएछ । दुई नम्बरी माक्र्सवाद पढिएछ । एउटा खेद यो लाग्छ । यसले निकै समय खायो ।’

डा. मिश्रका अनेक विचार विश्लेषणलाई नेपालको लोकतन्त्र र समाजवादका पक्षधरले मात्र होइन आफूलाई अन्धकारबाट उज्यालोतर्फ अग्रसर हुन चाहने कुनै पनि कम्युनिष्ट अनुयायी हुनुहुन्छ भने अध्ययन गर्नु बेस हुने छ । एउटा गहन अनुसन्धानकर्ता, समाजशास्त्री चिन्तक र अध्येताको निष्कर्ष सडकछापहरूका लागि त उपहासयोग्य होलान् तर गम्भीर अध्येताहरूका लागि किमार्थ उपेक्षणीय हुनसक्दैनन् । 

नेपालको कम्युनिष्ट आन्दोलनको आधार नै प्रतिक्रियात्मकता हो । यस आन्दोलनको जग सिद्धान्तको कसौटीबाट हुर्किएको होइन । सातदशक पार गर्नैलाग्दा सबैभन्दा शक्तिशाली सिद्ध भएको नेपाल कम्युनिष्ट पार्टी सैद्धान्तिक रूपले होइन पद, शक्ति, समृद्धि, निजी अहंकार र परम्परागत प्रतिक्रियात्मक सोचका आधारमा निर्मित अन्तरविरोधको सिकार भएको छ । यस पार्टीका सदस्यहरू एकातिर वैदेशिक हस्तक्षेपविरूद्ध भन्दै सदा भारतको राजनीतिक चासोविरूद्ध आक्रामक हुन्छन् भने अर्कोतिर चीनका राजदूतलाई राजनीतक विमर्श र एकताका लागि होस कि नेकपामा देखिएको अन्तरकलहको समाधान गरिदिन खुला स्वागत गरिरहेका हुन्छन् । 

एकथरी अमेरिकी सहयोगले हस्तक्षेप निम्त्याउने, नेपालमै बस्न आउने जस्ता भ्रमपूर्ण तर्क गरिरहेका हुन्छन् भने अर्काथरी अमेरिकी सहयोगका लागि गरिएको एमसिसी नेपालको विकासमा अपरिहार्य देख्छन् । अनेक स्थानमा सीमा मिचिरहेको देखिए पनि सरकार स्वयम् उत्तरतिर सीमा समस्या नभएको स्पष्टीकरण दिइरहेको छ । कुनै दिन नेपाली कांग्रेसलाई वर्गशत्रु र संसदीय लोकतन्त्रलाई बुर्जुवातन्त्र भन्नेहरू कांग्रेससँगै अर्को दिन सहकार्य खोजिरहेका हुन्छन् र लोकतन्त्रमै सत्ताको साँचो समातिरहेका छन्  । नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्रको मुख्य र संविधानको पालक मानेको छ तर संविधानकै आधारमा बनेको सरकार चलाउनेहरू भने आफ्नो पार्टी झगडामा उहाँको अनावस्यक भूमिका खोज्ने काम गर्छन् । अर्थात् डा. मिश्रले जस्तो निष्कर्ष निकाल्नुभएको छ त्यसैगरी बुझ्दा नेपालमा माक्र्सवादी कोही पनि छैनन्, अवसरवादी रोबोर्टहरूको उत्कर्षमा नागरिकहरू भ्रमित छन् ।   


Views: 1218