15th August | 2020 | Saturday | 7:02:34 AM

ओली, दाहालबीचको भेटवार्ता बिना निष्कर्ष टुंगियो

हिमालय टाइम्स   POSTED ON : श्रावण १८, २०७७ (२:५० PM)

ओली, दाहालबीचको भेटवार्ता बिना निष्कर्ष टुंगियो

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्ता बिना निष्कर्ष टुंगिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच पार्टी भित्र देखिएको पछिल्लो विवाद र स्थायी कमिटी बैठक बस्ने विषयमा बालुवाटारमा छलफल भएको थियो ।

 छलफलमा दुवै अध्यक्ष आ–आफ्नै अडानमा कायम रहेका कारण ठोस सहमति जुट्न नसकेको बालुवाटार स्रोतले जनाएको छ । उहाँहरुबीच सोमबार फेरि छलफल हुने बताइएको छ । गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।

साउन १३ गते बहुमत सदस्य बैठक बसेर ओलीले एकपक्षीय ढङ्गले स्थगित गरेको बैठक अवैधानिक रहेको निष्कर्ष निकालेपछि अध्यक्षद्वका बीचमा संवादविहीनको अवस्था सिर्जना भएको थियो ।

अध्यक्ष दाहाल र वरिष्ठ नेता खनालले ओलीलाई प्रधनमन्त्री र अध्यक्षमध्ये कुनै एक पद स्वेच्छाले छाडेर निकास दिन आग्रह गर्नुभएको थियो ।

तर, प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये कुनै एक पद छाड्नुपर्ने इतर समूहको मागलाई प्रधानमन्त्री ओली अस्वीकार गर्दै आउनुभएको छ । आइतबार पनि ओलीले आफ्नो पुरानै अडान दोहो¥याउनुभएको छ ।

Views: 41