25th September | 2020 | Friday | 10:01:02 PM

अबको ५ दिनभित्रै पार्टीमा नयाँ सिनारियो देखिन्छ : प्रधानमन्त्री ओली

हिमालय टाइम्स   POSTED ON : श्रावण २९, २०७७ (८:१५ AM)

अबको ५ दिनभित्रै पार्टीमा नयाँ सिनारियो देखिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताउनु भएको छ ।

पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ।

अन्नपूर्ण मिडिया नेटवर्कको एपीवान एचडी टेलिभिजनको ‘द बाभ्रो डेल्टा सो’ का लागि पत्रकार भूषण दाहालसँगको अन्तर्वार्तामा उहाँले यस्तो बताउनु भएको हो । 

अध्यक्ष ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने बताउनु भयो ।

उहाँले राम्रो कामको प्रशंसा गर्न नसक्ने परिपाटी बढ्दै गएको प्रति दुःख ब्यक्त गर्दै भन्नुभयो, जीवित मान्छेको आलोचना गर्ने र राम्रो मान्छेको प्रशंसा गर्न नसक्ने हाम्रो स्वभाव नै हो । हामी राम्रो कामलाई पनि प्रशंसा गर्न नसक्ने र कहाँ छिद्र भेटिन्छ, छिद्र भेटिएन भने पनि आलोचना गर्ने खालको हाम्रो स्वभावै बनेको छ । त्यो वेग्लै कुरा हो ।’


Views: 150