25th September | 2020 | Friday | 9:06:13 PM

अंग्रजी संस्करणको नेपालको नक्सा स्वीकृत

हिमालय टाइम्स   POSTED ON : श्रावण ३०, २०७७ (११:२५ PM)

अंग्रजी संस्करणको नेपालको नक्सा स्वीकृत

काठमाडौँ । नेपालको अद्यावधिक (राजनीतिक÷प्रशासनिक) अंग्रेजी संस्करणको नक्सा स्वीकृत भएको छ । सो नक्सालाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा स्वीकृत गर्नुभयो । नापी विभागले नक्सा समितिमा निर्णय गरी स्वीकृतीका लागि मन्त्रालयमा पेश गरेको थियो ।

नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको भू–भाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक नक्सा राजपत्रमा समेत प्रकाशित गरेको थियो । विश्व जगतमा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउन जरुरी रहेको भन्दै अंग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ । 

अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्रसंघ कुटनीतिक नियोगहरू, समग्र अन्तर्राष्ट्रिय जगतमा पठाउने बाटो खुलेको मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिनुभयो ।


Views: 58