28th September | 2020 | Monday | 9:02:19 PM

नरेन्द्र मोदीलाई जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना

हिमालय टाइम्स   POSTED ON : आश्विन १, २०७७ (८:३२ AM)

नरेन्द्र मोदीलाई जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनु भएको छ । 

शुभकामनामा उहाँले ट्वीटरमार्फत् दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने बताउनु भएको छ ।

नरेन्द्र मोदीको आज ७० औं जन्मदिन हो ।

 प्रधानमन्त्री ओलीले लेख्नुभएको छः ‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’


Views: 72