31st October | 2020 | Saturday | 4:21:36 AM

बीपी कोइराला युवा नेतृत्व विकास मञ्च, सिन्धुलीको कार्यसमिति गठन

राधिका बुढाथोकी   POSTED ON : आश्विन १०, २०७७ (६:१० PM)

 बीपी कोइराला युवा नेतृत्व विकास मञ्च, सिन्धुलीको कार्यसमिति गठन

सिन्धुली । बीपी कोइराला युवा नेतृत्व विकास मञ्च सिन्धुलीको २० सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ ।  

मञ्चका जिल्ला अध्यक्ष डम्बरबहादुर कार्कीले सक्रिय युवालाई विभिन्न पदिय जिम्मेवारी प्रदान गर्दै जिल्ला कार्य समितिलाई शुक्रबार पूर्णता दिएको जानकारी दिनुभयो । जिल्ला कार्य समितिको उपाध्यक्षमा ज्योत्सल ढकाल, सचिवमा गोपाल पहाडी, सह–सचिवमा सविन घिमिरे र कोषाध्यक्षमा मुना कँडेल चयन हुनु भएको छ । 

यस्तै सदस्यहरुमा मानध्वज बम्जन, विमलबहादुर घलान, जगत स्याङतान, सविता घिमिरे, जमुना कोइराला, अर्जुन पोखरेल, मिना थापा कार्की, गंगा कोइराला, विजय कार्की, प्रताव वाइवा, कमल थिङ्ग, सन्दिप आर्चाय, मनोज दाहाल, मुना बराल, मन्दिरा कार्की र चन्द्रमान बम्जन चयन भएका छन् । अध्यक्ष कार्की सहित २० जनाको कार्य समिति गठन भएको हो । 

यस्तै बीपी कोइराला युवा नेतृत्व विकास मञ्च कमलामाई नगरपालिकाको अध्यक्षमा  अरुण श्रेष्ठ र दुधौली नगरपालिकामा दिपेन्द्र महत्तो चयन भएका छन् ।

सुनकोशी गाउँपालिकामा भरतमोहन अधिकारी,घ्याङलेख गाउँपालिकामा जिरमान भोलन,तीनपाटन गाउँपालिकामा राजकुमार श्रेष्ठ, गोलन्जोर गाउँपालिकामा फणिन्द्र श्रेष्ठ, फिक्कल गाउँपालिकामा कृष्ण लामिछाने, मरिण गाउँपालिकामा सुमन तामाङ र हरिहरपुरगढी गाउँपालिकामा उर्मिला गोले सिङ्गतानलाई अध्यक्ष चयन गरिएको जिल्ला अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार लोकतन्त्रमा विश्वास राख्ने,लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने,लोकतन्त्रमा नै समुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व एवं व्यक्तित्व विकास गदैँ जननायक स्व बीपी कोइरालाबाट व्यक्त विचारा, प्रतिपादित नीति र अवधारणाहरुलाई गाउँगाउँमा पुर्याउने उद्देश्यका साथ उहाँलाई उक्त जिम्मेवारी दिइएको हो ।


Views: 191