21st October | 2020 | Wednesday | 6:52:10 AM

डडेल्धुराको रुपालमा सशस्त्रको बिओपी स्थापना

दीपक भट्ट   POSTED ON : आश्विन १४, २०७७ (११:३६ AM)

डडेल्धुराको रुपालमा सशस्त्रको बिओपी स्थापना

डडेल्धुरा । भारतसँग सीमा जोडिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–१ रुपालस्थित सेल्टुडामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले जानकारी दिनुभयो । उहाँले सीमा सुरक्षा, सीमा स्तम्भहरूको संरक्षण र सीमामा हुने आपराधिक गतिविधिहरू नियन्त्रणका लागि सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको बताउनुभयो । राज्यले संगठनलाई दिएको सीमा सुरक्षाको जिम्मेवारी गहन रुपमा बहन गर्न पोष्टमा खटिएका प्रहरीलाई समेत उहाँले निर्देशन दिनुभयो । 

भारतसँग सीमा जोडिएका डडेल्धुराको परशुराम नगरपालिकाको साँदनी बजार, परीगाउँ र अर्सुरानी गाउँमा यसअघि नै सशस्त्र प्रहरीको बीओपी स्थापना भइसकेका छन् । सेल्टुडामा बिओपी स्थापना भएसँगै नेपाल भारत सीमामा हुन सक्ने चोरी सिकारी, तस्करीका साथै आपराधिक घटनामा कमी हुने विश्वास लिइएको छ ।

बिओपी स्थापना भएसँगै सीमा सुरक्षा हुने भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो । सीमा सुरक्षाका साथै सीमामा हुन सक्ने आपराधिक घटनामा नियन्त्रण गर्नका लागि सहज हुने विश्वास उहाँको छ । नेपाल प्रहरीको रुपालस्थित चौकीको पहुँचबाट टाढा भएकाले सो क्षेत्रमा विगतका दिनदेखि नै चोरी सिकारी हुने गरेको स्थानीयवासी बताउँछन् । 


Views: 45