21st October | 2020 | Wednesday | 7:00:06 AM

वामदेव गौतमविरुद्धको रिटमाथि आज सुनुवाइ

हिमालय टाइम्स   POSTED ON : आश्विन १४, २०७७ (११:५० AM)

वामदेव गौतमविरुद्धको रिटमाथि आज सुनुवाइ

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमविरुद्धको रिटमाथि बुधबार पूर्ण इजलाशमा सुनुवाइ हुँदैछ ।

प्रतिनिधी सभामा पराजित गौतमको राष्ट्रिय सभामा मनोनित योग्यतामाथि उठेको प्रश्नबारे सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । 

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा गठित ५ सदस्यीय इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा हुनुहुन्छ ।

उक्त संवैधानिक इजलासमा अधिवक्ता बद्रिराज भट्ट र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेका छुट्टाछुट्टै निवेदन परेका छन् ।

यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले असोज ७ गते अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो । यसका साथै गौतमलाई तत्काल अन्य संवैधानिक जिम्मेवारी नदिनसमेत अन्तरिम आदेश जारी गरेको थियो ।  

राष्ट्रपतिद्वारा राष्ट्रिय सभा सदस्यमा मनोनित गौतमले पद तथा गोपनियताको सपथ लिइसक्नु भएको छ ।


Views: 60