28th October | 2020 | Wednesday | 11:21:55 PM

दशैं भत्ता फिर्ता गर्न संसद सचिवालयलाई नेता रावलको पत्र

हिमालय टाइम्स   POSTED ON : कार्तिक २, २०७७ (४:१३ PM)

दशैं भत्ता फिर्ता गर्न संसद सचिवालयलाई नेता रावलको पत्र

काठमाडौं । नेकपा नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दशैं भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेख्नुभएको छ ।

संसद सचिवालयका महासचिवलाई पत्र लेखी नेता रावलले आफ्नो दशैं भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।

उहाँले दसैं भत्ता बापत मेरो खातामा पठाइएको रकम  रू.६४,०७० कार्तिक महिनाको पारिश्रमिकबाट कट्टी हुनेगरी संसद सचिवालयमा फिर्ता हुने संघीय संसदको लेखाका कर्मचारीले मलाई जानकारी गराउनु भएको बताउँदै पत्र लेख्नु भएको हो ।

नेता रावलले देश विषम परिस्थिति तथा आर्थिक कठिनाईमा रहेका बेला सांसदहरुका लागि दर्शैभत्ता बापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने बताउनु भएको छ ।


Views: 38