3rd December | 2020 | Thursday | 7:23:18 AM

नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राख्ने- कांग्रेस प्रवक्ता शर्मा

हिमालय टाइम्स   POSTED ON : कार्तिक ८, २०७७ (९:२३ PM)

नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राख्ने- कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मााले पर्सा घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नु भएको छ ।

पर्सा विन्दावासिनी गाउँपालिका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरासियाको हत्याको  विषयमा गहिरो छानबिन गरी दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न कांग्रेस प्रवक्ता शर्माले सरकारसँग माग गर्नुभएको हो ।

नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राख्ने भन्दै प्रवक्ता शर्माले विज्ञप्ति मार्फत प्रश्न गर्नुभएको छ ।

हत्याको जाहेरी समेत नलिएको र अस्पतालमै मृतकको शव रहिरहनु दुखद् भएको उहाँको भनाइ छ ।

घटनाको दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुन कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो भन्दै उहाँले निष्पक्ष अनुसन्धान  र कानुनी कारबाहीको प्रक्रिया अविलम्ब सुरू गर्न समेत संघीय र प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।

गत बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा पार्टीकै कार्यकर्ताबीच झडप भएको थियो । उक्त झडपमा आठ जना घाइते भएका थिए ।

उक्त झडपका घाइते चौरासियाको शुक्रबार बिहान मृत्यु भएको हो ।




Views: 131