3rd December | 2020 | Thursday | 12:27:25 AM

नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : कार्तिक ९, २०७७ (८:०१ AM)

नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । 

नेता शर्माले आइतवार सामाजिक सञ्जालबाट आफुलाई कोरोना संक्रमण भएको जानकारी गराउनु भएको छ । 

उहाँले लेख्नुभएको छ,’ कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदछू । केहि दिन यता मसँग संपर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’


Views: 54