3rd December | 2020 | Thursday | 6:03:26 AM

नेपाली कांग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नहुने

हिमालय टाइम्स   POSTED ON : कार्तिक ९, २०७७ (१:३७ PM)

नेपाली कांग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नहुने

काठमाडौं । कोजाग्रत पूर्णिमाका दिन हुने नेपाली कांग्रेसको चियापान तथा शुभकामना आदानप्रदानको कार्यक्रम यस बर्ष नहुने भएको छ ।

वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आादान–प्रदान गर्ने परम्परा रहँदै आएको थियो ।

 हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ संक्रमण महामारीका कारण यस वर्षकोे कात्र्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनु भएको छ । 


Views: 56