30th November | 2020 | Monday | 4:40:44 AM

‘रअ’ का प्रमुख सामन्त गोएलसँग भएको प्रधानमन्त्रीको भेट कुटनीतिक आचारसंहिता बिपरीत : प्रवक्ता नारायणकाजी श्रेष्ठ

हिमालय टाइम्स   POSTED ON : कार्तिक ९, २०७७ (२:१३ PM)

‘रअ’ का प्रमुख सामन्त गोएलसँग भएको प्रधानमन्त्रीको भेट कुटनीतिक आचारसंहिता बिपरीत : प्रवक्ता नारायणकाजी श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोएलबीच भएको भेट कुटनीतिक आचारसंहिता बिपरीत भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । 

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले यस्तो किसिमको भेटले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुने बताउनु भएको छ ।

‘विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मूल्य र आचारसंहिता बिपरीतको यस्तो भेट किन ?’, उहाँले लेख्नु भएको छ, ‘यस प्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ।’


Views: 168