30th November | 2020 | Monday | 4:07:05 AM

घर—डेरामै सीमित रहेर दशैँ मनाउन कांग्रेस सभापति देउवाको अपील

हिमालय टाइम्स   POSTED ON : कार्तिक १०, २०७७ (९:४० AM)

घर—डेरामै सीमित रहेर दशैँ मनाउन कांग्रेस सभापति देउवाको अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दशैँ मनाउन  अपील गर्नु  भएको छ ।

कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि सुझाव दिएका छन् ।

विजया दशमीका अवसरमा आज शुभकामना सन्देशदिँदै देउवाले पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गर्नु भएको छ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको र बनाउनुपर्ने उल्लेख गर्नुभएको छ।


विजयादशमीका अवसरमा सभापति देउवाले आफू र नेपाली कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

Views: 79