काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्तत्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सचिवालय बैठकमा पेश गरेको प्रस्तावलाई असन्तुलित र दुराग्रहपूर्ण भन्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त धारणा व्यक्त गर्नु भएको हो ।
उपप्रधानमन्त्री पोखरेलले "पार्टी एकतालाई बचाउने हो भने" भन्दै लेख्नुभएको छ:-
प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगीन आरोपहरू लगाउनु भएको छ ।
“ प्रस्ताव “ का रूपमा प्रस्तुत यी संगीन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णय विरूद्ध र पार्टी एकताको भावना विरूद्ध छन् । सहमतीका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित “ कि तँ छैनस् कि म छैन “ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएका छन् ती “प्रस्तावहरू “ ! दुराग्रहका साथ प्रस्तुत ती “प्रस्तावहरू” फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्शमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ? प्रचण्ड कमरेडले मात्र होइन , नेकपा भित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ !!
Views: 448