काठमाडौं । ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य एवं नेपाली कांग्रेस कैलालीका पूर्व सचिव लक्ष्यबहादुर न्यौपानेको निधनप्रति नेपाली कांग्रेसले शोक व्यक्त गरेको छ ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी शोक बक्तव्यमा एक निष्ठावान राजनीतिज्ञलाई गुमाएको कांग्रेसले बताएको छ ।
न्यौपानेको गए राति उपचारका क्रममा निधन भएको थियो । उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय न्यौपाने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख ईश्वरी न्यौपानेको श्रीमान् हुनुहुन्छ । स्वर्गीय न्यौपानेले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको कांग्रेसको शोक वक्तव्यमा उल्लेख छ ।
सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको बक्तव्यमा उल्लेख छ ।
Views: 79