16th January | 2021 | Saturday | 10:51:34 PM

सभापति देउवाद्वारा नेता न्यौपानेको निधनप्रति दुःख व्यक्त

  POSTED ON : कार्तिक ३०, २०७७ (२:५१ PM)

सभापति देउवाद्वारा नेता न्यौपानेको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं महासमिति सदस्य लक्ष्यबहादुर न्यौपानेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । काङ्ग्रेसको जिल्ला कार्यसमिति कैलालीका पूर्वसचिवसमेत रहनुभएका न्यौपानेको गए राति उपचारका क्रममा निधन भएको हो । 

सभापति देउवाले एक शोक वक्तव्यमार्फत स्व न्यौपानेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँमा श्रद्धाञ्जलि अर्पण र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्व न्यौपाने क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ काङ्ग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख ईश्वरी न्यौपानेका श्रीमान् हुनुहुन्छ । स्व न्यौपानेले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । काङ्ग्रेसले उहाँको निधनबाट एक निष्ठावान् राजनीतिज्ञलाई गुमाएको उल्लेख गरेको छ । 

रासस


Views: 92