21st January | 2021 | Thursday | 4:43:31 AM

प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच बालुवाटारमा छलफल

हिमालय टाइम्स   POSTED ON : कार्तिक ३०, २०७७ (३:२१ PM)

प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच बालुवाटारमा छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र उपाध्यक्ष बामदेव गौतमबीच पार्टीमा देखिएको विवादका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमसँग छलफल गर्नुभएको हो ।

नेकपाभित्र देखिएको विवादको समाधानबारे प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले उपाध्यक्ष गौतमबीच एक घण्टा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले गौतमसँग अध्यक्ष प्रचण्डले बुझाउनु भएको प्रस्तावबारे सुझाव माग्नुभएको स्रोतको दाबी छ । गौतमले प्रचण्डलाई वा माधव नेपाललाई गालि गरेर समस्या समाधान नहुने बरु झगडा झन बढ्ने बताउनु भएको उहाँ निकटल बताए । यसको समाधान भनेको बैठक बसेर प्रस्तावहरुमाथि बैठकमा छलफल गर्ने यदि फिर्ता लिन मिल्ने भए त्यही बैठकमा लिन लगाउने गौतमको सुझाव रहेको गौतमलाई उदृत गर्दै श्रोतले बतायो ।

छलफलमा अर्थमन्त्री एवं महासचिव विष्णु पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।


Views: 104