17th January | 2021 | Sunday | 12:27:55 AM

सरकार फेरे केही पाइहालिन्छ कि ! भन्नेहरुले राजनीतिक अस्थिरता चाहेका छन् : मुख्यमन्त्री पोखरेल

विवेक खड्का   POSTED ON : कार्तिक ३०, २०७७ (४:१८ PM)

सरकार फेरे केही पाइहालिन्छ कि ! भन्नेहरुले राजनीतिक अस्थिरता चाहेका छन् : मुख्यमन्त्री पोखरेल

दाङ । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ९/९ महिनामा सरकार फेर्ने वानी परेकालाई अहिले सरकार फेर्न मन लागेको बताउनु भएको छ ।

नेकपा स्थायी कमिटी सदस्य समेत रहनुभएको मुख्यमन्त्री पोख्रेलले दाङको तुलसीपुरस्थित राप्ति शान्ति पार्कमा स्थापना गरिएको शान्तिका अग्रदूत गौतम वुद्धको आज प्रतिमा उद्घाटन गर्दै छिटोछिटो सरकार फेरे केही पाइहालिन्छ भन्ने आशा गर्नेहरुले नै राजनीतिक अस्थिरता चाहेको दावी गर्नुभयो ।

पछिल्ला दिनमा नेकपा भित्रै भएको विवाद प्रति लक्षित गर्दै मुख्यमन्त्री पोखरेलले कतिपयलाई सरकार फेर्न मन लागे पनि जनता राजनीतिक स्थायित्वको पक्षमा रहेको बताउनु भयो ।

हिजो जस्तो ९/९, १०/१० महिनामा सरकार फेर्ने बानी परेकालाई हाल सरकार फेर्न मन लागेको मुख्यमन्त्री पोखरेलले आरोप लगाउनु भयो ।  उहाँले यो वेला सरकार फेर्नु आवश्यक नभएको र जनताको चाहना पनि सरकार फेर्ने नभएको उहाँकोा भनाइ थियो । उहाँले राजनीतिक स्थिरता र विकास अहिलेको आवश्यक भएको बताउनु भयो । जनता राजनीतिक स्थायित्व र विकासको पक्षमा रहेको भन्दै उहाले सोही अनुसार तीनवटै तहका सरकारले काम गरिरहेको स्मरण गराउनु भयो ।

 जति गर्नु पर्ने थियो त्यो अझै भइरहेको छैन तर तीन वर्ष अघिको अवस्था भन्दा अहिले देशको विकास धेरै माथि उठिसकेको मुख्यमन्त्री पोख्रेलको भनाइ थियो । उहाँले जनताको स्वास्थ्यप्रति सरकार गम्भीर र संवेदनशिल रहेको भन्दै त्यही कामका कारण देशमा महामारीबाट धेरै नागरिकको ज्यान जोग्गिएको दावी गर्नुभयो ।


Views: 194