17th January | 2021 | Sunday | 12:21:34 AM

काठमाडौं उपत्यकामा थप ५०१ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : मंसिर १, २०७७ (६:२८ PM)

काठमाडौं उपत्यकामा थप ५०१ जनामा कोरोना संक्रमण

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७३ ललितपुरमा ८४ र भक्तपुरमा ४४ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

पछिल्लो २४ घण्टामा देशभर १ हजार १९७ जना संक्रमित भएका छन्। 

संक्रमितको संख्या २ लाख  १० हजार ९७३  पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९३४ जना संक्रमणमुक्त भएका छन्। 

 देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण भएको थियो ।

Views: 89