काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभएको छ ।
शीतल निवास स्रोतका अनुसार अध्यक्ष प्रचण्ड केही समयअघि मात्रै शितलनिवास भित्र प्रवेश गर्नुभएको छ ।
पार्टीभित्रको विवाद अन्त्यको प्रयास भइरहेका बेला नेकपा अध्यक्ष प्रचण्ड शीतलनिवास पुगेका हुन् ।
पार्टीभित्र विवाद देखिएसँगै राष्ट्रपति भण्डारीको सक्रियता देखिएको छ ।
भोलि (बुधबार) का लागि बोलाइएको नेकपा सचिवालयको बैठक बारे दुई अध्यक्षबीच विवाद बढ्दै गएपछि उहाँहरुबीचको यो भेटघाटलाई समेत अर्थपूर्ण रुपमा हेरिएको छ ।
Views: 141