3rd December | 2020 | Thursday | 4:26:25 AM

आरोपहरू पुष्टि गर्न नसके आरोप लगाउनेसँग त्यसको हिसाब-किताब हुन्छ : उपप्रधानमन्त्री पोखरेल

हिमालय टाइम्स   POSTED ON : मंसिर ५, २०७७ (९:४९ PM)

आरोपहरू पुष्टि गर्न नसके आरोप लगाउनेसँग त्यसको हिसाब-किताब हुन्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर  पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' संग हिसाब-हिताब हुने बताउनु भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाइएका आरोप पुष्टि हुनुपर्ने विषयमा उहाँले यस्तो बताउनु भएको हो ।

आफ्नै कार्यकक्षमा शुक्रवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रम पोखरेलले आरोपहरू पुष्टि गर्न नसके आरोप लगाउनेसँग त्यसको हिसाब-किताब हुने बताएउनु भयो ।

‘जुन आधारहीन आरोप लागेका छन्, या त त्यसको पुष्टि हुनुपर्छ, नत्र आरोप लगाउनेसँग त्यसको हिसाबकिताब हुन्छ’, उपप्रम पोखरेलको भनाइ थियो।

प्रधानमन्त्रीविरुद्ध आधारहीन आरोप लगाइसकेपछि अब दुईवटा मात्र विकल्प बाँकी रहेको जिकिर उहाँले गर्नु भयो  ।

' दुईवटा मात्र विकल्प हुन्छ । या त पुष्टि हुनुपर्‍यो, पुष्टि भएन भने आरोप लगाउनेमाथि स्वाभाविक रूपमा प्रश्न त उठ्छ ।’

उपप्रम पोखरेलले सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले वितरण गर्नुभएको आरोपपत्रलाई प्रस्ताव भन्न नमिल्ने समेत बताउनु भयो ।


Views: 206