3rd December | 2020 | Thursday | 4:21:27 AM

पार्टीमा गुटबन्दीलाई प्रश्रय दिएको भन्दै सुरेन्द्र पाण्डेविरुद्ध कार्यकर्ताले गरे नाराबाजी

हिमालय टाइम्स   POSTED ON : मंसिर ६, २०७७ (५:१५ PM)

पार्टीमा गुटबन्दीलाई प्रश्रय दिएको भन्दै सुरेन्द्र पाण्डेविरुद्ध कार्यकर्ताले गरे नाराबाजी

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध पार्टी कार्यकर्ताले गृह जिल्लामै नाराबाजी गरेका छन् । 

गुटबन्दीमा लागेको भन्दै राप्ती नगरपालिकामा आयोजना भएको एक कार्यक्रममा केहि कार्यकर्ताले  पाण्डेविरुद्ध नारावाजीसहित प्रदर्शन गरेका थिए ।

राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा पाण्डेलाई आफ्नै कार्यकर्ताले नाराबाजी गरेका हुन । पाण्डेले मदन भण्डारी फाउण्डेशनमार्फत गुटबन्दी भएको बताएपछि नाराबाजी सुरु भएको थियो । 

प्रधानमन्त्री ओली पक्षका आक्रोसित कार्यकर्ताले पाण्डेले सम्बोधन गरिरहेको कार्यक्रम नै बिथोलेर बोल्न समेत रोकेका थिए । उहाँले हिजोदेखि नै पार्टी कमिटीलाई नगर तथा निर्वाचन क्षेत्रमा पार्टी कार्यकर्तालाई भेला गराईदिन आग्रह गर्नुभएको र सोही अनुसार नै कमिटीले आज कार्यक्रम आयोजना गरेको थियो ।

विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनि भनेको तर विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध अनैतिक शब्दहरु प्रयोग गर्नथालेपछि कार्यकर्ताले पाण्डेको बिरोध गरेको सहभागीले बताए ।

कार्यकर्ताले गुटबन्दीको विरुद्ध र पार्टी एकताको पक्षमा नारावाजी गरेका थिए । 

पूर्वअर्थमन्त्री पाण्डे चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्य हुनु हो । 


Views: 107