16th January | 2021 | Saturday | 9:08:47 AM

प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेटवार्ता सम्पन्न

हिमालय टाइम्स   POSTED ON : मंसिर ११, २०७७ (६:५० PM)

प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेटवार्ता सम्पन्न

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहनुभएको भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भेटवार्ता गर्नुभएको छ ।

 केहीबेर अघि बालुवाटारमा भएको भेटवार्तामा प्रधानामन्त्री ओलीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले अहिले सम्बन्धमा देखिएको चिसोपना हटाउँदै सबै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

यसअघि श्रृंगला परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी, परराष्ट्रसचिव डा. भरतराज पौडेलसँग भेटवार्ता र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्नुभएको थियो । 

बिहीबार बिहान चार्टर्ड जहाजमा काठमाडौं आउनु भएको श्रृंगलाले राजनीतिक भेटवार्ता सुरू गर्नुअघि परराष्ट्र सचिव भरतराज पौडेल नेतृत्वको टोलीसँग बैठक गर्नुभएको हो ।

उक्त बैठकमा दुई पक्षीय सहयोग र सहकार्यका धेरै विषयमा निकै फलदायी र उपयोगी छलफल भएको श्रृंगलाले बताउनु भएको छ ।

श्रृंगलाले आज नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।


Views: 110