काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका कोरोना संक्रमणको "हट स्पट"हरुलाई लक्षित गरी कोरोनाको मास परीक्षण सुरु गर्ने भएको छ ।
जस अनुसार काठमाडौँका संक्रमण बढी भएको क्षेत्रलाई मुख्य बनाइए परीक्षण गरिनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्थानीय पालिकाको समन्वयमा सोमबारबाट परीक्षण सुरु हुने भएको हो ।
जसमा अहिले कोरोना संक्रमण धेरै देखिएका स्थानहरु कलंकी, बुढानिलकण्ठ,सोह्रखुटेलगायतका स्थान छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाशुदेव पाण्डेका अनुसार पछिल्लो समय संक्रमित सरकारले सम्पर्कमा कम आउन थालेपछि कोरोना टेस्टलाई प्राथमिकता दिइएको हो ।
Views: 79